हिंसा विरुद्धको सचेतिकरण कार्यक्रम

पाल्पा, मंसिर १९/हिंसा विरुद्धको सचेतिकरण कार्यक्रम रिब्दीकोट गाउँपालिका १ ख्याहाको जोगीथुममा भएको छ । लै·िक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत सचेतिकरण कार्यक्रम भएको हो ।
लै·िक हिंसा र दुव्र्यवहारः छैन हामीलाई स्वीकार, भन्ने राष्ट्रिय मूलनारा सहित कार्यक्रम भएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले महिला तथा बालबालिका माथि हिंसा किन हुन्छ ? सोको निराकरणका लागि अपनाउनुपर्ने उपाय तथा अपराध भएमा हुने कानुनी कारवाहीका विषयमा जानकारी दिएका थिए । विशिष्ठ अतिथि गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले लै·िक हिंसा हुन नहुने र क्ुनै समस्या भएमा न्यायीक समितिले सहयोग गर्ने प्रतिवद्धता जनाईन् । नेपाली कांग्रेसका वडा अध्यक्ष रामचन्द्र पाण्डेले आफ्नो नेपाली काँग्रेस सधै भरी लै·िक हिंसाको विपक्षमा रहेको बताए । कार्यक्रममा कालिका आधारभूत विद्यालयका प्रध्यानाध्यापक सुरेश कुमाल, समाजसेवी नारायण कुमाल, नारायणबहादुर पहराई, जुना टन्डन लगाएतले आ–आफ्ना धारण राखेका थिए । कार्यक्रमा नेपालवार एसोसियसनका सदस्य अधिवक्ता शान्ति बस्यालले कार्यपत्र पेश गर्दै महिला हिंसा तथा लै·िक हिंसाको इतिहास तथा नेपाली समाजको गलत सोच तथा संस्कारका बारेमा जानकारी गराएकी थिइन । कार्यक्रम वडा १ ख्याहाका वडा अध्यक्ष विष्णुप्रसाद गैरेको अध्यक्षता, वडा सदस्य गीता कौशलको स्वागत र महिला बालबालिका तथा समाजकल्याण इकाई प्रमुख पवित्रा परियारको सञ्चालनमा कार्यक्रम भएको थियो ।

  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *