स्थापना दिवसको अवसरमा यातायात व्यवसायी संघ गुल्मीले दियो अस्पताललाई वाटर डिस्पेन्सर

रमेश विश्वकर्मा
गुल्मी, फागुन ११ /
यातयात व्यवसायी संघ गुल्मीले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल तम्घासलाई वाटर डिस्पेन्सर प्रदान गरेको छ । शनिबार संघका महासचिव हिमाल कुवँर, कार्यालय प्रमुख डोलबहादुर कुवँर, पत्रकार, यातयात व्यवसायीहरु, सवारी चालक लगायतको सहभागितामा जिल्ला अस्पताल तम्घासलाई सो वाटर डिस्पेन्सर प्रदान गरिएको हो । वाटर डिस्पेन्सरले पानीलाई तातो चिसो बनाउने काम गर्छ । जसबाट बिरामीहरुलाई पानी प्रयोगका लागि सहजता मिल्ने भएकाले सो सामाग्री प्रदान गरिएको गुल्मी यातयात व्यवसायी संघका महासचिव हिमाल कुवँरले बताए । अहिले संघले २ सय ७५ भन्दा बढी सवारी साधनहरु सञ्चालनमा ल्याएको छ । जसमा डिलक्स बस, हाइस, ब,मिनि बस, जीप, कार, भ्यान जस्ता प्रकृतिका सवारी साधनहरु सञ्चालनमा रहेको कार्यालय प्रमुख डोलबहादुर कुवँरले जानकारी दिए । यसले जिल्लासँगै छिमेकी जिल्लाहरु बाग्लुङ्ग, प्युठान, अर्घाखाँची, पाल्पा, बुटवल हुँदै काठमाडौँ सम्म विभिन्न सवारी साधन सञ्चालन गर्दै आएको उनको भनाई छ । आगामी दिनमा थप सेवाहरुलाई विस्तार गर्दै लैजाने योजना रहेको पनि उनले जानकारी दिए । अहिले संघीय संरचनामा देशलाई रुपान्तरण गरेसँगै यात्रुहरुको चहलपहल कम हुँदै गएको उनले बताए । बिशेष गरी ग्रामणि क्षेत्रहरुका सडकहरुको स्तरोन्नती नहुँदा विभिन्न समस्याहरु भौग्नु परेको,सरकारले समय समयमा पेट्रोलिम पदार्थको मुल्यु वृद्धि गर्नु, वैज्ञानिक भाडाँदर कायम हुन नसक्नुले आफुहरु मर्कामा परेको व्यवसायीले गुनासो गरे ।

  • 232
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    232
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *