‘स्थानीय तहहरुले स्थानीय पत्रपत्रिकाहरुसंग सहकार्य गर्नुपर्छ’

पाल्पा, मंसिर २३/पाल्पा र रुपन्देहीका पत्रिकाका सम्पादकहरुले स्थानीय तहहरुले जिल्लाबाट प्रकाशित पत्रपत्रिकाहरुसंग सहकार्य गरेर जानुपर्ने बताएका छन् । स्थानीय तह र स्थानीय पत्रपत्रिका बिच नङ र मासु जस्तै सम्बन्ध जोडिएको दुवैकोे आवश्यकता एक अर्कालाई पर्ने भएकोले दुवै पक्ष विच सहकार्य जरुरी रहेको सम्पादकहरुले जोड दिए । गाउँ तथा नगरपालिकाका गतिविधीहरुलाई मसिनो गरी स्थानीय पत्रपत्रिकाहरुले नै स्थान दिने भएकोले स्थानीय पत्रपत्रिकाहरु सहकार्य जरुरी भएको सम्पादकहरुले बताए ।

पाल्पा विकास केन्द्रले तानसेनमा आयोजना गरेको सम्पादकहरुको अन्तक्र्रिया कार्यक्रममा बोल्दै सम्पादकहरुले स्थानीय पत्रपत्रिकाको मुटु भनेकै स्थानीय विषयवस्तु भएको ती विषयवस्तुहरुलाई खोजी खोजी प्रकाशित गरेमात्र स्थानीय पत्रपत्रिकाहरुको भविष्य बलियो हुनेमा सम्पादकहरुले जोड दिए । अन्तरजिल्ला सम्पादकहरुको छलफल तथा अन्तक्र्रियाले पत्रिकाहरुको गुणस्तरीयता बढाउने, विषयवस्तु खोजी हुने, पत्रिकामा देखिएका समस्या, चुनौती र अवसरको बारेमा मन्थन हुने बताए । यस्ता अन्तक्र्रियाबाटै पत्रिकाहरुलाई बलियो बनाउन सकिने सम्पादकहरुले जनाए ।
काठमाडौंबाट प्रकाशित पत्रिकाहरुले प्रदेश संस्करण प्रकाशित गर्दै विषयवस्तुहरुलाई स्थानीयकरण गरिरहेको समयमा स्थानीय पत्रिकाहरुले आफ्नो पहँुच क्षेत्र निर्धारण गरी विषयवस्तु स्थानीयकरण गर्दै जानुपर्नेमा सम्पादकहरुले जोड दिए । छलफलमा संस्थाका कार्यक्रम संयोजक किरण कौशलले पाल्पा रुपन्देहीका पत्रिकाहरुले प्रकाशित गरेका समाचारको अवस्था, पत्रिकामा प्रकाशित भएका स्थानीय विषयवस्तु, सम्पादकीय, तथा स्थानीय विषयवस्तुमा आधारित लेख रचनाको बारेमा सम्पादकहरुसँग चर्चा गरेका थिए ।

कार्यक्रममा वरिष्ट पत्रकार मेघराज शर्मा, पत्रकार महासंघ पाल्पाका पूर्वअध्यक्ष भगवान भण्डारी, रुपन्देही पत्रकार महासंघका उपाध्यक्ष दिनेश पाण्डे, नवजनचेतना दैनिकका सम्पादक जगदीश भट्टराई, परेवा पाक्षिकका सम्पादक भोजराज भट्टराई, गाउँले देउरालीका सम्पादक गोविन्द भट्टराई, पाल्पा समाचार पत्रका सम्पादक यज्ञमुर्ति तिमिल्सिना, नवसंवादका सम्पादक रेखीराम राना, बुटवल टुँडेका सम्पादक कृष्ण मल्ल, करुवा पत्रिकाका सम्पादक कृष्ण कार्की, मेचिकाली दैनिकका कार्यकारी सम्पादक अमृत गिरी, दैनिक पत्रका कार्यकारी सम्पादक सिपी खनाल विषयवस्तुहरु स्थानीयकरण हुँदै गएपनि जनशक्तीको अभाव बढ्दै गएको बताए । कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण पोखरेललको सभापतित्वमा भएको थियो ।

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *