स्कुटी दुर्घटनामा श्रेष्ठको मृत्यु

पाल्पा, मंसिर २२/ सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडक खण्डमा शनिबार स्कुटी दुर्घटना भएको छ । तानसेनको बाँसटारीबाट बुटवल तर्फ जाँदै गरेको लु ४२ प ६०१३ नम्बरको स्कुटी तानसेन नगरपालिका ८ जरेपिपलमा दुर्घटना भएको हो । दुर्घटनामा स्कुटी चालक तानसेन नगरपालिका–७ बाँसटारीकी २३ वर्षीय विपना श्रेष्ठ घाइते भएकी थिईन् । घाइते श्रेष्ठको लुम्बिनी मेडिकल कजेज प्रवासमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनको दुर्घटना कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *