सेनाको नेतृत्वमा तानसेनका सडकमा सरसफाई (हेर्नुहोस् फोटो सहित)

पाल्पा, फागुन ३/ गोरखदल गणका गणपति प्रमुख सेनानी सुरज थापाको नेतृत्वमा सेनाका जवान, शसस्त्र प्रहरी, एनसिसी छात्र छात्रा, जनपथ प्रहरी र स्थानीयहरुले सडक सरसफाई गरेका छन् ।

सेनाको नेतृत्वमा बुटवल–पाल्पा सडक खण्ड अन्र्तगतको तानसेन बसपार्क, होलाङदी, बर्तुङ्ग,लामीडाँडा हुँदै प्रभाससम्मको १० किमी क्षेत्रमा सडक सरसफाई गरिएको हो ।

 

नेपाली सेनाको संयोजकत्वमा प्रदेश पाँचमा बृहत रुपमा फौज सहभागी गराई सरसफाई गर्ने योजना अनुसार उक्त सरसफाई गरिएको गोरखदल गण पाल्पाले जनाएको छ ।

 

  • 434
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    434
    Shares