सूचनामैत्री बनाउन बगनासकाली गाउँपालिकाको भित्तेपात्रो विमोचन

पाल्पा,वैशाख ६/बगनासकाली गाउँपालिकाले एक कार्यक्रमका बीच भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान गरेको छ । गाउँपालिकाले शुक्रबार नयाँ वर्षा २०७६ को भित्तेपात्रो विमोचन गरेको हो । गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले उक्त पात्रोको विमोचन गरेका हुन् । पात्रो विमोचन गर्दै अध्यक्ष बस्यालले गाउँपालिकाका गतिविधिहरुलाई जनता समक्षा पु¥याउन क्लालेण्डरले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले क्यालेण्डरमा शैक्षिक गतिविधिहरु समेत समेटिएकाले विद्यार्थीहरुलाई बढी उपयोगी हुनेमा जोड दिए ।

गत वर्ष पनि गाउँपालिकाले क्यालेण्डर निकालेको र सो क्यालेण्डर विद्यार्थीहरुलाई बढी उपयोगी भएकाले यस वर्षा पनि निरन्तरता दिएको अध्यक्ष बस्यालले बताए । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले गाउँपालिकालाई सूचनामैत्री बनाउनमा क्यालेण्डरले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । प्रमुख प्रशासकिय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले गाउँपालिकालाई सुशासन, पारदर्शी र सूचनामैत्री बनाउने अभियानमा गाउँपालिका लागेको भन्दै नयाँ वर्षको क्यालेण्डरले अभियानमा थप टेवा पुग्ने बताए ।

कार्यक्रममा गाउँपालिका शिक्षा समितिका सदस्य डा.शंकर गैरेले स्वागत गर्दै क्यालेण्डरको महत्व, औचित्यका विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा कार्यपालिकाका सम्पूर्ण सदस्यहरु, गाउँपालिका भित्रका प्रअ, शिक्षा समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षा शाखा संयोजक मणी खनालले गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •