‘सूचनाको माध्यमबाट सामाजिक रुपान्तरण हुन जरुरी’

इमानसिं राना
पाल्पा (रामपुर), कार्तिक २७/प्रदेश नं. ५ का प्रदेशसभा सदस्य युवराज खनालले सञ्चार माध्यम मुलुकको समृद्धि र सामाजिक रुपान्तरणसंगै जनतालाई सु–सुचित गराउनतर्फ अग्रसर हुनु आवश्यक रहेको बताएका छन् ।

देशलाई राजनैतिक परिवर्तन मार्फत आजको अवस्थामा ल्याउन सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेलेको बताउँदै खनालले सत्य तथ्य सूचनाको माध्यमबाट जनतालाई सामाजिक रुपान्तरणतर्फ उन्मूख गराउन लाग्नुपर्ने बताएका हुन् । सामुदायिक रेडियो रामपुर पाल्पाले १० औं वार्षिक उत्सवको अवसरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै खनालले मुलुकमा संघीयता कार्यान्वयनमा आएपनि जनता अझै बुझ्न नसकेको र यसका बारेमा जानकारी दिन सञ्चार माध्यमहरु लाग्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले गण्डकी बेशी क्षेत्र सहित रामपुरलाई चिनाउन रेडियो तथा सञ्चारका माध्यमले ठूलो सहयोग गरेको भन्दै अझ सक्रिय भएर सम्भावनाहरुको उजागर गर्न अनुरोध गरिन् । कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, रामपुर नगरपालिका वडा ५ का वडा अध्यक्ष हिमाल मल्ल, सामुदायिक रेडियो रामपुरका पूर्व स्टेसन म्यानेजर सुकदेव पोखरेल, आजीवन सदस्य राजेन्द्र लम्साल, विष्णु रेग्मी, रामप्रसाद गरै, फणेश्वर गौतम, समाजसेवी कल्प पौडेल, सञ्चालक समिति सदस्य विष्णुमाया ढकाल, रडियो सञ्चालक समितिका पूर्व कोषाध्यक्ष राजुप्रसाद श्रेष्ठ, पत्रकार छवि खनाल र बेस नेपालका उपाध्यक्ष लेखनाथ शर्मा मरासिनी र छवि खनालले समाजका विकृति विसंगतिको अन्त्यसंगै कसरी समाजमा समृद्धि ल्याउँछ भन्ने विषय सञ्चार कर्मीले ध्यान दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा रेडियो सञ्चालक समितिका अध्यक्ष बासुदेव देवकोटाले वार्षिक प्रगति प्रतिवेदन र स्टेशन म्यानेजर बासुदेव ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सञ्चालक समितिका अध्यक्ष बासुदेव देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष कमलराज भट्टराईको स्वागत, उपाध्यक्ष हुमनाथ न्यौपानेको धन्यवाद र स्टेशन म्यानेजर बासुदेव ढकालको सञ्चालनमा भएको हो । कार्यक्रमको अवसरमा रेडियोले बजार प्रतिनिधि शोभाकान्त पाठक र रेडियो प्रतिनिधि चेतन पुलामी सहित रेडियोमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गरेको थियो ।

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *