सुदुरपूर्व गुल्मीको समृद्धिका लागि सडकको स्तररोन्नती

हाम्रा संवाददाता
गुल्मी, (फोक्सी·) मंसिर १९/राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणको लागतमा सुदुरपूर्व गुल्मीको कालीगण्डकी गाउँपालिका ५ फोक्सी·मा निर्माण भई रहेको सडकको स्तररोन्नतीले गर्दा स्थानीयहरुमा उत्साह र उम· पैदा भएको छ ।
पूर्तिघाट फोक्सी· लुहु· खोला, त्रिवेणी हँुदै ग्वाघा शान्तिपुर मोटरबाटोको नामले नाकाकरण गरिएको मोटरबाटो निर्माण कार्यले यस क्षेत्रका स्थानीयहरुमा उत्साह र उम· छाएको हो । स्थानीय वासिन्दा लोकबहादुर गाहा भन्छन्, ‘पहिला हामी कहाँ एउटा मात्रै जीप वा सानो बस छिर्ने बाटो थियो, अहिले यो परियोजना आएपछि सात मीटर चौडा बाटो निर्माण भएका कारण साना ठूला गाडीहरु चलेका छन् । बाटो पनि ग्रेड मिलेको छ, अब गाउँ छोडेर बसाई सरेकाहरु पनि फर्कने आशा जागेको छ’ । उनले भने ‘गत वर्ष दशैंमा अमेरिकाबाट आएका छोरा बुहारीले अझै एक सय वर्ष केही पनि हुदैन्, हजुर पनि यहाँ नबस्नुहोस्, भनेर गएका थिए यो पटकको दशंैमा आउँदा उनीहरुको पनि मन फेरिएको छ, छोरा भन्दै थियो, बाबा बुटवलदेखि तीन घण्टामा कार लिएर आउँन सकिने भएपछि हामी पनि यही आउँछांै, लोकबहादुर थप्छन्, हाम्रा भन्दा भिराला पहाड भएका दार्जिलिं· र सिक्किममा पनि बाटो घाटो सहज भएका कारण नै विकास भएका हुन, त्यस कारण अब सबै मिलेर गर्ने हो भने यहाँ पनि सुविधा हुन्छ । पहिलो चरणमा १२ करोड २४ लाख ३५ हजार २ सय २१ रुपैयाँ ४६ पैसाको लागतमा निर्माण शुरु भएको यो साढे १२ किलो मीटर बाटो यही असार भित्र निर्माण सकिएपछि यस क्षेत्रका दुई दर्जन गाउँहरुको आर्थिक विकासले नयाँ रुप दिने कालीगण्डकी वडा ५ का वडा अध्यक्ष थम्मनसिं आलेले बताए । वास्तविक देश विकासको काम गर्न गाउँको विकास नै महत्वपूर्ण छ र यसैबाट जनताका आयस्तरमा पनि सहयोगी बन्छ, भन्ने यो अभियानलाई वडीघाट वारी, सुदुरपुर्वी गुल्मीका जनताका लागि सबै भन्दा महत्वपूर्ण काम हुने सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए । गाउँपािलकाका सातै वडालाई स्तरीय सडक सञ्जालले जोड्दै जाने र कृषि तथा पर्यटन विकासको माध्यमबाट ग्रामिण विकास गर्ने योजना रहेको कालीण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापा मगरले बताए । उनले भने,‘हरेक योजना सफल पार्नका लागि महत्वपूर्ण पाटोको रुपमा सडक रहेको छ । यसबाट जिल्ला सदरमूकाम र छिमेकी जिल्लासँग सडक सञ्जालले जोडिएपछि दुर्गम भनिएको हाम्रो क्षेत्र नै सुगम हुन्छ, समय लाग्छ, पर्खिनुपर्छ ।’ कृषि, पर्यटन तथा साना जलविद्युत उत्पादनको क्षेत्रमा कार्यपालिकाले नयाँ नयाँ योजना ल्याएर, आर्थिक विकासका साथै युवाहरुलाई स्वारोजगार बनाउने कार्य गरिरहेको पनि अध्यक्ष वेदमगरले बताए । चन्द्रकोट गाउँपालिका प्रमुख द्रोण खत्रीले भने, यो बाटो निर्माणको कार्यलाई जति छिटो सक्यो, त्यति छिटो यहाँका जनताको बसाई सराई रोक्न र आर्थिक विकासलाई अगाडि बढाउँन सकिन्छ । कालीगण्डकी गाउँकार्यपालिकाका सदस्य तथा वडा ५ का वडा अध्यक्ष थम्वनसिं आले भन्छन्, ‘हामी निर्वाचित भएपछि कालीगण्की करिडोर हुँदै कालीगण्डकी, चन्द्रकोट र सत्यवती तीन गाउँपालिकालाई जोड्ने यो बाटोको स्तरवृद्धिपछि, वडीघाट वारीको आर्थिक विकासको ढोका खुल्न थाल्ने छ, बाटो निर्माणले मात्रै हुदँैन, बाहिरबाट भरिएर आएका गाडीहरुमा फर्कदा के पठाउँने भन्ने विषयको चिन्ता नगर्दा सम्म यहाँको बसाई सराई रोक्न अत्यन्तै गाह्रो हुन्छ । त्यस कारण उत्पादन र बजारी करणलाई पनि ध्यान दिनुपर्छ, आयत मात्रै गर्ने तर निर्यात नगर्ने हो, भने जनता सधै गरिबीको रेखा मूनि रही रहनुपर्ने समस्या यथावत रहन्छ । हामी, महिला तथा युवाहरुलाई विभिन्न खालका तालिम, तथा स्वरोजगारीका सम्भावनाहरु खोजी रहेका छौं ।’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *