सीमाना मिचिएको भन्दै नेपाली काँग्रेस रेसुङ्गाद्वारा ध्यानाकषर्ण

रमेश विक
गुल्मी,
कार्तिक ७/गुल्मी र अर्घाखाँची जिल्लाको सिमाना रेसुङ्गा नगरपालिका वडा ७ र छत्रदेव गाउँपालिका वडा ७ को सीमानामा निर्माणाधिन स्वागतद्वार निर्माण गर्ने क्रममा वास्तविक सीमा भन्दा करिव १ सय ५० मिटर गुल्मीतर्फ निर्माण कार्य भएको प्रति नेपाली काँग्रेस, रेसुङ्गानगर कार्य समितिले रेसुङ्गा नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
जनताबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो सिमाक्षेत्र मिचिदा समेत ध्यान नपु¥याउनु खेदजनक रहेको काँग्रेसले जनाएको हो । त्यस क्षेत्रका जनतालाई नै गुल्मी भन्दा बाहिर राखि र जिल्लाको आँखि झ्यालको रुपमा रहेको नेटा बजार अर्घाखाँची तर्फ धकेलिनुले रेसुङ्गा नगरपालिकाका प्रमुख र सम्बन्धित प्रतिनिधि त्यस क्षेत्रका जनतातर्फ उत्तरदायी नभएको हाम्रो ठम्याई छ । ध्यानार्षकण पत्रमा उल्लेख गरिएको छ । निर्माणाधीन द्वारलाई रोकी वास्तविक सीमामा निर्माण गर्नको लागि नेपाली काँग्रेस रेसुङ्गा नगर कार्य समितिले जोडदार माग राखेको छ । साथै निर्वाचित वडाअध्यक्ष माथि नगर प्रमुखबाट सार्वजनिक स्थलमा हुने गालिगलौज, अभद्र व्यवहार तथा सार्वजनिक स्थानमा गरिमामय पदको समेत ख्याल नगरि दिईने अभिव्यक्तिले सिङ्गो नगरपालिकामा आँच आएको ध्यानार्षण पत्रमा भनिएको छ ।
त्यसै गरी यस कार्यालयको राजस्व शाखामा भएको आर्थिक अनियमितता समेत गोप्य राख्न खोज्नुले कतै मिलेमतो त होईन भन्ने प्रश्न जनमामाझ उठ्नु स्वाभाविक भएको पनि उक्त पत्रमा उल्लेख गरिएको छ । नेपाली काँग्रेस रेसुङ्गगा कार्य समितिका सभापति छवि पाण्डेयद्वारा हस्तक्षरित उक्त ध्यानाकर्षण पत्रमा प्रशासनले उचित कदम नचाले जनताको हितको लागि जस्तोसुकै आन्दोलनमा उत्रन बाध्य हुने र सोबाट हुने क्षतिको जवाफदेही नगरपालिका हुने व्यहोरा अवगत गराएको पत्रमा उल्लेख गरेको छ ।

  • 288
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    288
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *