साहित्य समाजद्वारा पुस्तक समीक्षा

तानसेन, माघ १३/पाल्पा साहित्य समाजको आयोजनामा पुस्तक समीक्षा भएको छ । जिल्लाका विभिन्न साहित्यकारद्वारा लिखित पुस्तकहरुको एक कार्यक्रमका बीच शनिबार तानसेनमा समीक्षा भएको हो ।
लेखक निर्मल श्रेष्ठद्वारा लिखित सेनकालीन सभ्यता र इतिहासको समीक्षा गरिएको छ । पुस्तकको समीक्षक राजेन्द्रगोपाल सिंह समीक्ष गरेका थिए । कृष्णप्रसाद कोइरालाद्वारा लिखित सुस्केरा सतकको समीक्षा समीक्षक भोजराज भट्टराई, कमला देवकोटाद्वारा लिखित कविता संग्रह आमाको सम्झनामा दुई थोपा आँसुको समीक्षक शारदा खनाल र रामप्रसाद अर्यालको पुस्तक के छ हजुर माथि समीक्षक कान्त न्यौपानेले समीक्षा गरेको समाजले जनाएको छ । साहित्य समाजको रजत महोत्सव वर्ष २०७५ को अवसरमा समीक्षा कार्यक्रममा आयोजना गरिएको हो । कार्यक्रम समाजका अध्यक्ष पुष्करराज रेग्मीको अध्यक्षयता, स्वागत सल्लाहकार चित्रवलीराम सुवाल र सञ्चालन सचिव महेन्द्र्र पन्थीले गरेका थिए ।

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *