साहित्यकार रेग्मीको गजल संग्रह अन्तरङ्ग बजारमा

शर्मिला थापा मगर
पाल्पा, पुस २२/साहित्यकार सरिता रेग्मीको गजल संग्रह अन्तर· बजारमा आएको छ । लामो सयमदेखि साहित्य क्षेत्रमा क्रियाशील रेग्मीको नारी उन्नयन तथा विकास प्रतिष्ठान पाल्पाद्वारा विमोचन पछि बजारमा आएको हो । गजल संग्रहको शनिबार एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।

गजल संग्रहको त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख जीवनबहादुर थापाले विमोचन गरेका हुन् । गजल संग्रहको विमोचन गर्दै क्याम्पस प्रमुख थापाले साहित्यक क्षेत्रमा गजलको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । उनले नेपाली साहित्यको विधामध्ये गजलको आफ्नै महत्व रहेको बताएका हुन् । कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सांसद हरिप्रसाद नेपाल, प्राध्यापक डा. शंकर गहिरे, साहित्यकार मन गहिरे, तानसेन बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शालिकराम पौडेल, नवजनचेतना दैनिकका सम्पादक जगदीश भट्टराई, देवकोटा साहित्य परिषद्की अध्यक्ष सीता नेपाल, पोखराथोक साहित्यक संगमका अध्यक्ष हरि भट्टराई, धवल पुस्तकालयका अध्यक्ष युवराज पौड्याल, तानासेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राधेश्याम ज्ञवाली, तानसेन नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी पाठक, शैक्षिक व्यक्तित्व अम्बिका पौड्याल, इन्द्र गहतराज लगायतले शुभकामना व्यक्त गरेका थिए । गजल संग्रहको प्रगतिशिल लेखक संघका अध्यक्ष रामप्रसाद अर्याल र साहित्यकार कृष्णकला भण्डारीले समीक्षा गरेका थिए । गजल संग्रहमामा ७८ वटा गजलहरु समावेश गरिएको लेखक रेग्मीले जानकारी दिइन् ।

कार्यक्रममा साहित्यक, शैक्षिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको छ । शान्ति अभिनन्दन पुरस्कारबाट सूर्य रत्नराज भण्डारी, समाजसेवी पुरस्कार भेषराज नेपाल, शिक्षाप्रेमी पुरस्कारबाट राजेश्वर उदय, अम्बिका पौड्याल र संगीतकार पुरस्कारबाट इन्द्र गहतराजलाई सम्मान गरिएको हो । हेमा पोखरेलको स्वागतबाट शुरु भएको कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष लक्षीमा ज्ञवालीको अध्यक्षता र सञ्चालन सचिव भावना खनालले गरेकी थिइन् ।

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *