साहित्यकार रेग्मीको ‘अनुरोध’ बालगजल संग्रहको तानसेनमा विमर्श

कृष्ण पोखरेल
पाल्पा, फागुन१३/
पाल्पा साहित्य समाज तानसेन पाल्पाले रजत महोत्सवको अवसरमा साहित्यकार पुष्कर अथक रेग्मीको दशौ कृति अनुरोध सचित्र बहरबद्ध बालगजल सगं्रह विमर्श गरेको छ । साहित्य तथा स्वास्थ्य प्रतिष्ठान पाल्पाले प्रकाशन गरेको साहित्यकार रेग्मीको यो सचित्र बहरबद्ध वालगजल संग्रह अनुरोध दशौ कृतिको रुपमा साहित्यक बजारमा आएको हो । बाल कविता, बाल कथा, बाल निवन्ध जस्ता पुस्तकहरु प्रकाशित भएपनि बालगजलको रुपमा रेग्मीले नयाँ प्रयोग गरेका पुस्तक विमर्श कार्यक्रममा सहभागी साहित्यकारहरुले बताएका छन् । पुस्तकमा वाल मस्तिष्कलाई प्रभाव पार्ने, वाल मनोविज्ञानमा आधारित रहेर ४० वटा गजल प्रकाशित भएका छन् । पुस्तक विमर्श कार्यक्रममा शिक्षाविद डा. रामप्रसाद ज्ञवालीले बाल गजल संग्रह नेपाली साहित्य समाजमा नयाँ नौलो प्रस्तुती भएको बताए । राष्ट्रिय तथा अन्तरराष्ट्रिय चर्चामा रहेका साहित्यकारहरुले बाल गजल संग्रहमा ध्यान नपुगेको समयममा पाल्पाबाट साहित्यकार रेग्मीले गरेको सिर्जना देशकै लागि गौरवको विषय भएको शिक्षाविद डा. ज्ञवालीले बताए । कार्यक्रमा साहित्यकार कमल खत्रीले पु्स्तकको समिक्षा गर्दै रेग्मीले बाल साहित्यमा नविनतम धारा, विचार प्रयोगको शुरुवात गरेको, बालवालिकाका सामाजिक, शैक्षिक तथा आनीवानी समेटिएको, बालवालिकालाई जिज्ञासु बनाएको बताए । कार्यक्रममा बृद्धिजिवी निर्मल श्रेष्ठ, भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदय, धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेल, साहित्य तथा स्वास्थ्य प्रतिष्ठानका महासचिव चन्द्रकान्त न्यौपाने, साहित्यकार प्रेम खराल, लोक गायिका विष्णु पन्थ, पत्रकार महासंघका पुर्व अध्यक्ष गोविन्द भट्टराई, लेखक धर्म पत्नी एव साहित्यकार शुसिला रेग्मी लगायतले वालगजल अनुरोधको चर्चा गर्दै आगामी दिन अझ उत्कृष्ट कृतिहरु प्रकाशन गर्न सुझाव दिएका थिए । शारदा खनालको सभापतित्वमा भएको कार्यक्रममा स्वागत पुरुषोत्तम अर्याल, महेन्द्र पन्थीको सञ्चालनमा भएको थियो ।

  • 169
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    169
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *