सामुदायिक सेवा केन्द्रद्वारा डिएसपी सापकोटालाई स्वागत

पाल्पा, फागुन ३०/सामुदायिक सेवा केन्द्रले प्रहरी नायक उपरिक्षक कृष्णराज सापकोटालाई तानसेनमा स्वागत
गरेको छ ।

केन्द्रले बुधबार एक कार्यक्रमका बीच काठमाडौंबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय पाल्पामा आएका प्रहरी नायक उपरिक्षक
(डिएसपी) सापकोटालाई स्वागत गरेको हो । स्वागत कार्यक्रममा प्रहरी नायक उपरिक्षक सापकोटाले यस अघि जिल्लामा आफु प्रहरी निरिक्षक हुँदा उल्लेखनीय कार्य गरेको स्मरण गर्दै प्रनाउ भएर पुनः जिल्लामा आउन पाउँदा खुसी लागेको बताए । उनले जिल्लाको सुरक्षा व्यवस्थालाई जनमैत्री बनाउने प्रतिवद्धता जनाए । कार्यक्रममा केन्द्रका अध्यक्ष जयप्रकाश उप्रेतीले जिल्लाको शान्ति सुरक्षामा निष्पक्ष र पारदर्शी ढ·ले काम गर्न प्रनाउ सापकोटालाई आग्रह गरे । केन्द्रले तानसेनको समाजिक कार्यमा विभिन्न संघ–सस्थाहरुसँग हातेमालो गर्दै अगाडि बढेको अध्यक्ष उप्रेतीले जानकारी दिए । केन्द्रका सदस्य कमलराज तिमिल्सेनाले संस्थाका गतिविधिका बारेमा जानकारी गराएका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *