सहलकोटमा म्युजिक भिडियो छायाङ्कन

इमानसिं राना
पाल्पा (रामपुर),
फागुन २७/ओझेलमा रहेको ऐतिहासिक एवं पर्यटकिय स्थल निस्दी २ सहलकोट जुरे स्थित घाँगी गुफालाई समेटेर तयार पारिएको झ्याउरे गीतको म्युजिक भिडियो निस्दी २ सहलकोटमा छाँयाङ्कन भएको छ ।
लोक गायक भक्त दर्लामीले सहलकोटको चिनारीका लागि निर्माण गरेको “घाँगी गुफा घुम्नलाई जाउँला नी” झ्याउरे एल्बमको घाँगी गुफा तथा सहलकोटका विभिन्न स्थानका दृश्य सहित छायाङ्कन गरिएको हो । हाल शसस्त्र प्रहरीमा समेत कार्यरत दर्लामीले देवी घर्ती र आफ्नै स्वर र शब्द तथा केवी सारुको लयमा एल्बम तयार गरेका हुन् । लोक गायक दर्लामीले ओझेलमा रहेको घाँगी गुफाको प्रचार र आफ्नो जन्मथलोलाई चिनाउने प्रयास स्वरुप गीत बजारमा ल्याउन लागेको बताए । १० भन्दा बढी गित बजारमा ल्याईसकेका दर्लामीले अहिले रेकर्ड भएको झ्याउरे भाका हमाल म्युजिक प्रालि बजारमा ल्याउन लागेका बताए । भिडियोको निर्देशन स्मृति तिमिल्सिना ‘गुरुआमा’ले गरेकी छिन् भने मोडलमा नृत्यकार सपना ढेंगा र गोविन्द मल्ल ठकुरीले अभिनय गरेका छन् ।

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *