#rampur ma sarpale dasyo #rampur news #palpa nwes #

सर्पको टोकाईबाट रामपुरमा ७ वर्षिय बालकको मृत्यु

इमानसिं राना
रामपुर, भदौ ४/
जिल्लाको रामपुरमा सर्पले डसेर एक बालको ज्यान गएको छ । रामपुर नगरपालिका १० बर्दलेका ओम बहादुर कुमालका ७ बर्षिय छोरा कृष्ण कुमालको बिषालु सर्पको टोकाईबाट ज्यान गएको हो । आईतबार राती सर्पले डसे पछि उनलाई सोमबार अबेर मात्रै रामपुर अस्पताल लगिएको थियो ।

अस्पताल लैजान साथ उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । आफ्न्तका अनुसार खाना खाएर बुवा आमा सँगै सुतेका कृष्णलाई राती सर्पले डसेको कृष्णका ठूलोबुवा केदार कुमालले बताए ।

कृष्णलाई सर्पले दाहिने हातको कान्छी औलामा टोके जस्तै डाम रहेको रामपुर अस्पतालका डा.सर्जु श्रेष्ठले बताए । कृष्ण बर्दले इङलिस एकेडेमीमा युकेजीमा अध्ययनरत थिए । ‘तुरुन्तै अस्पताल लैजान सकेको भए छोरा बच्ने रहेछ’ उनका बुवा ओम बहादुर कुमालले भने । यस संगै रामपुर अस्पतालले सर्पले डसेको आशंका लागेमा ढिलो नगरी तुरुन्त अस्पताल ल्याउन समेत आग्रह गरेको छ ।

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *