सरकार परिवर्तनको कुरा हल्ला मात्र : पौडेल

कृष्ण पोखरेल
पाल्पा : अर्थमन्त्री विष्णु पौडेलले वर्तमान संसद् रहदासम्म यो सरकार परिवर्तन नहुने बताएका छन् । सरकार साझेदार दलहरुबाट जे जस्ता अभिव्यक्ति आएपनि जुन धरातलमा सरकारको निर्माण भएको हो त्यस आधारमा वर्तमान सरकार चालु संसद्को अन्तिम सरकार भएकोले सरकार परिवर्तनको कुरा हल्ला मात्र भएको अर्थमन्त्री पौडेलले बताए ।

telgaभगवान श्री गणेशको मन्दिर निर्माणस्थलको अवलोकन गर्न अर्थमन्त्री विष्णु पौडेलको प्रवेशका लागि अवतरण गर्दै

पाल्पाको आध्यात्मिक एवं धार्मिक पर्यटन प्रवद्धनको लागि तेल्घा ४ मा भगवान श्री गणेशको मन्दिर निर्माणस्थलको अवलोकन गर्दै अर्थमन्त्री पौडेलले नेपालको संविधानको विषयमा भारत र युरोपियन युनियनले संयुक्तरुपमा जारी गरेको विषय असान्दर्भिक भएको बताए । ९० प्रतिशत जनताले पारित गरेको संविधानको विषयमा बोल्नु देशको स्वतन्त्रता माथि हस्तक्षेप भएको मन्त्री पौडेलले बताए । अर्थमन्त्री पौडेलले आगामी वर्षको बजेट २०७३ जेठ १५ गते नै सार्वजनिक गरिने भएकोले त्यसको लागि तयारी तिब्र रुपमा भइरहेको बताए । उनले तानसेनको खानेपानी समस्या समधानको लागि कालीगण्डकीको पानी लिफ्टि· गर्न, तानसेन–बुटवल सडक खण्डको सडकलाई व्यवस्थित र सुरक्षित बनाउन सडकका मोडहरु काँटछाँट गरी तानसेन–बुटवलको यात्रालाई आधा घण्टामा सिमित पार्न सरकारले विशेष कार्यक्रम ल्याउने तयारीमा रहेको बताए । कार्यक्रममा उद्योगमन्त्री सोमप्रसाद पाण्डे, मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलाराज रेग्मी, पूर्व गृहमन्त्री माधव घिमिरे, संसाद् राधाकृष्ण कंडेल लगायतले गणेशमुर्तिको स्थापनासंगै एकीकृत गुरुयोजना निर्माण गरेर पश्चिमाञ्चलकै नमूनाको रुपमा धार्मिक पर्यटन विकास गर्न पाल्पालीहरु एकजुट भएर लाग्नु पर्ने बताए ।

telga 12अवलोकन गर्दै अर्थमन्त्री विष्णु साथमा माननीय व्यक्तिहरु

श्री गणेश मुर्ति राख्ने तेल्घा ४ गुफाचौर क्षेत्रलाई हिन्दुहरुको छैटौ धामको रुपमा विकास गर्ने योजनाका साथ साढे १८ फिटको उचाई र ८ फिट चौडाई भएको श्री गणेशको मुर्ति निर्माण गरी हाल काठमाडौं वनकाली क्षेत्रमा राखिएको छ । केही दिनमै शोभायात्रा सहित श्री गणेशमुर्तिको काठमाडौंका विभिन्न स्थानमा सर्वसाधारणहरुलाई दर्शन गराउँदै पाल्पा ल्याउने कार्यक्रम रहेको छ । छैटो धाम निर्माणको लागी काठमाडांैका पुर्व मेयर केशव स्थापित, तानसेनका पूर्व मेयर अशोककुमार शाही र तेल्घा पाल्पाका पूर्व गाविस अध्यक्ष मोहनीलाल गैरे सहित सेन्टर अफ एक्सीलेन्ट संस्था सक्रिय भएर काम गर्दै आएका छन् ।
गुराशडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर रानाको स्वागत, एक्सीलेन्स संस्थाका सचिव टोप अस्लामीको सञ्चालन र अध्यक्ष केशव स्थापितको सभापतित्वमा अवलोकन कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा पाल्पाका युवा कृषक उद्यमी केशव कार्कीले १ लाख ५ हजार रुपैयाँ सहयोग गरेका थिए ।

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *