समानुपातिकमा पनि एमाले पहिलो, काँग्रेस दोस्रो

रामचन्द्र रायमाझी
पाल्पा, २६ मंसिर/
पाल्पामा गत मंसिर २१ गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा समानुपातिक तर्फ पनि बामगठबन्धनले अग्रता कायम गरेको छ । मुख्य निर्वाचनको कार्यालयका अनुसार २ वटा निर्वाचन क्षेत्र, ४ प्रदेश सभा रहेको जिल्लामा क्षेत्र नम्वर २ तर्फ कुल मतदाता ९५ हजार २ सय ९ भए पनि ६३ हजार ६ सय ९२ मत खसे पनि ६० हजार ८ सय २९ मत सदर भएको थियो । क्षेत्रमा २३ हजार ९१ मत नेपाली काँग्रेस, नेकपा एमाले २६ हजार ९ सय ९५, माओवादी केन्द्रले ६ हजार ८१ मत प्राप्त गरेका छन् ।
प्रतिनिधी सभा क्षेत्र नम्वर २ प्रदेश सभा क मा कुल मतदाता सङख्या ५० हजार ८ सय १६ मध्य ३४ हजार ५९ खसेकोमा ३१ हजार ९ सय ६६ सदर भएको थियो । निर्वाचनमा नेपाली काँग्रेसले १२ हजार ४ सय ५६, नेकपा एमालेले १४ हजार ९ सय ७३, माओवादी केन्द्र १ हजार ६ सय ८९ र राप्रपाले १ सय २ मत प्राप्त गरेका थिए । त्यसै गरि सभा ख मा १० हजार १ सय ४७ नेपाली काँग्रेस, १० हजार ६ सय ४८ नेकपा एमाले, ५ हजार ९६ मत माओवादी केन्दले प्राप्त गरेका छन् ।
प्रतिनिधी सभा क्षेत्र नम्वर १ तर्फ खसेको मत ५९ हजार ४ सय ७ मध्य ५७ हजार ७ सय ५१ सदर मत मध्ये २२ हजार ९ सय ४५ नेपाली काँग्रेस, ३० हजार १ सय १४ नेकपा एमाले, १ हजार ९ सय ४९ मत माओवादी केन्द्रले प्राप्त गरेका छन् । प्रदेश सभा क तर्फ ३२ हजार ३ सय ३४ खसेको मत मध्य ३० हजार ८ सय ५० सदर भएकोमा १२ हजार ६ सय २२ नेपाली काँग्रेसले, १६ हजार ५ सय ९७ नेकपा एमालेले, ६ सय ८४ मत माओवादी केन्द्रले प्राप्त गरेका छन् ।
प्रदेश सभा ख तर्फ ९ हजार ६ सय ५३ मत नेपाली काँगे्रसलाई, १२ हजार ८ सय ८७ नेकपा एमालेलाई, १ हजार २ सय ३४ मत माओवादी केन्द्रलाई प्राप्त भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा बदर मत कम गर्नका लागि जिल्ला निर्वाचन कार्यालयले प्रदान गरेको मतदाता शिक्षा भने प्रभावकारी देखिएन् । मतदातामा मतदाता शिक्षा नभएकै कारण जिल्ला भर ४ हजार ६ सय १९ मत बदर भएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *