‘समाजमा विना बर्दी प्रहरीको भूमिका महत्वपूर्ण’

इमानसिं राना
पाल्पा (रामपुर)मंसिर १२/
ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भुपाल सिंह रानाले समाजमा विना बर्दी लगाएको प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नयाँ प्रहरी निरिक्षकको रुपमा रामपुर आएका रानाले बुधबार सरोकारवालाहरु बीच परिचयात्मक तथा अन्तरक्र्रिया कार्यक्रममा बोल्दै समाजमा शान्ति, सुव्यवस्था र अमनचयनका लागि विना बर्दीका नागरिकहरुको भूमिका महत्वपूर्ण रहेको बताएका हु्न् । कार्यक्रममा प्रहरी निरीक्षक रानाले शान्ति र सुरक्षा विना विकास संभव नभएकाले जनताको सहयोग विना प्रहरीले मात्रै सुरक्षा कायम गर्न नसक्ने बताए । साथै रानाले ईलाका प्रहरी कार्यालयको सेवा क्षेत्र ठूलो भए पनि सिमित संशाधनबाट शान्ति सुरक्षामा खटिएको भन्दै यस अवस्थामा विना बर्दी प्रहरीको रुपमा रहेको नागरिकको विशेष योगदान रहनेमा जोड दिए ।

उनले शान्ति सुरक्षा कायम राख्नमा सहयोग गरिदिन सम्पूर्ण नागरिक तथा सरोकारवालाहरु सँग अपिल गरे । गत कार्तिक देखि सुरु भएको समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई निरन्तरता दिने भन्दै प्रहरी निरिक्षक रानाले संगठनले दिएको जिम्मेवारी पुरा गर्न तप्पर रहने बताए । उनले अपराधी सबैको अपराधी हुने बताउँदै अपराधीको संरक्षण गर्ने तर्फ नभई कानुनी दायरामा ल्याउन प्रहरी सँग सहजीकरण गरिदिन सम्पूर्ण सरोकारवाला सँग आग्रह गरे ।

स्याङ्जा विर्घामा जन्मिएर पाल्पा तानसेनमा अध्ययन गरे पनि रामपुर भने पहिलो पटक पाईला टेकेको बताउँदै उनले शहरउन्मुख रामपुर क्षेत्र आफैमा सुन्दर भएको बताए । कार्यक्रममा रामपुर क्षेत्रका राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, भातृसंगठनका प्रतिनिधि, उद्योगी, व्यवसायी, संघ संस्थाका पदाधिकारी, पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागी सरोकारवालाहरुले रामपुर क्षेत्रको वर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै शान्ति सुरक्षा कायम गर्न र अपराधीलाई कानुनको कठघरामा ल्याउन सहयोग गर्ने बताएका थिए । साथै निष्पक्ष ढंगले कानुनको पालना गराउँदै शान्ति सुव्यवस्थामा खट्न अनुरोध गरे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *