सभापति बदल्दैमा काँग्रेस परिवर्तन हुदैन्

                                                                                                                                                                                        –  छन्द पहराई
‘सत्यम् ब्रुयात, प्रिय ब्रुयात, न ब्रुयात सत्यम् अप्रियम्,’ अहिले नेपाली का·्रेसभित्र र बाहिर एउटा ठूलो बहस चलेको छ । हाम्रो नीतिशास्त्रले भनेको छ कि सत्य बोल, मीठो वा कर्णप्रिय बोल तर कसैको लागि अप्रिय छ भने सत्य पनि नबोल । सत्य त बोल्ने हो, तर सत्यमा सधैँ प्रिय वचन मिसिन्छ भन्ने त हुँदैन कहिलेकाहीँ अप्रिय वचन पनि मिसिन्छ । यदि सत्य वचनमा अप्रिय वचन मिसिन गएको छ भने नबोले फाइदा हुन्छ रे । यो भनाइ अनुसार सत्य बोल्दा पनि विचार गरेर बोल्नुपर्दो रहेछ ।
हाम्रो परम्परा त सत्य कुराभन्दा पनि कसरी पद प्राप्त हुन्छ त्यही कुरा बोल्ने चलन छ । प्रस· नेपाली का·्रेस वर्तमान अवस्थासम्म आइपुग्दाको हो । २००३ सालमा नेपाली राष्ट्रिय का·्रेसको नाउँबाट स्थापना भएको पार्टी २००६ सालमा आइपुग्दा नेपाल प्रजातन्त्र का·्रेससँग एकीकरण भए पश्चात् नेपाली का·्रेसको स्थापना भएको पार्टीको करिब ७२ वर्षको इतिहास केलाउनुपर्ने जरुरी ठानेको छु । हरेक सचेत नागरिकले कुनै पनि विषयलाई राम्ररी बुझ्नका लागि त्यस विषयको पृष्ठभूमि र इतिहासबारे जान्नुपर्ने हुन्छ । अहिले किन का·ेस यस्तो अवस्थामा आयो ? के ग¥यो भने का·ेस सुन्छ भन्नेबारेमा व्यापक विचार–विमर्श चारैतिर भइरहेको छ । एउटा प्रजातन्त्र वा लोकतन्त्रमा विश्वास गर्ने पार्टीको बारेमा आन्तरिक एवम् बाÞय बहस गर्नु स्वाभाविकै हो । ‘वादे वादे जायते तत्व बोध’ तत्व निकाल्नका लागि पनि विचार–विमर्श अनिवार्य हुन्छ । यसै विषयमा रहेर नेपाली का·ेसलाई कसरी बदल्न सकिन्छ भन्नका लागि सामान्य कार्यकर्ताको नाताले यस लेखमार्फत केही विचार–विमर्श र विवेचना गर्न खोजिएको छ । नेपाली का·ेस यति सानो पार्टीमा आइपुग्नका लागि बढी दोषीको छ भनेर केलाउने समीक्षागर्ने कामभन्दा पनि वास्तविक समस्यालाई जीवितै राखेर कोही बाहिर–बाहिर बहकाउमा र लहडको भरमा बहस गर्न गएको हो कि भन्ने पनि कताकता महसुस हुन्छ । नेपाली का·ेसले स्थानीय चुनाव मात्र हारेन कि प्रदेश र सङ्घीय चुनावमा पनि नराम्ररी हार व्यहोरेको छ । यसमध्ये पङ्तिकार पनि एकजना उम्मेदवार हो जसले गुल्मी २ नं. क्षेत्रको प्रदेश नं. २ बाट टिकट पाएर चुनाव लडेको तर चुनाव हारेको । मैले पनि पार्टीले टिकट किन दिए होला नदिनुपर्ने हो भनेको छैन, किनकि मलाई टिकट दिएको ठीकै हो जस्तो लाग्छ किनकि सबैथोक का·ेस नै हो भनेर लागेँ । त्यसो भए दोषी को हो त ? कहाँ गल्ती कहाँ भयो र नेपाली का·ेस हाल यो अवस्थामा कसरी पुग्न गयो ? यस्ता हजारौँ उम्रेका छन् र दिन प्रतिदिन उम्रदै जान्छन् । राजनीति गर्नेले कुरा गर्न जसले पनि जानेको हुन्छ । त्यसकारण सबैको भनाइबाट यो बुझिन्छ कि म मात्रै ठीक हो अन्यचाहिँ बेठीक हो, म मात्रै पवित्र हो, अरू अपवित्र हुन् । अर्थात् म लागेको गुट वा मैले सिर्जना गरेको गुटले उठाएको विचार सत्य हो अर्को गुटले उठाएको विचार असाध्यै बेठीक हो भन्नेजस्ता विचार पनि आरोप र प्रत्यारोपमा आइनै रहन्छन् । वरिष्ठ नेता भन्नुहुन्छ सभापतिले गर्दा हो, तर सभापति भन्नुहुन्छ कि होइन वरिष्ठ नेता लगायतकाले काम गर्ने वातावरण नदिएर हो । यस्तै–यस्तै कुराहरू पानीको फोकाजस्तो उठिरहन्छन्, पुनः हराउँदै रहन्छन् । यसैबेला फेरि कसै–कसैले पार्टीभित्र क्रान्तिकारी धारको अगुवाइ गरेजस्तो गरी मिडियाबाट आफ्ना नेताहरूलाई भाषाशैली मिलाएर गाली गरेपछि आफ्नो कमजोरीहरू ओझेलमा पनिपर्ने, अग्रगमन र परिवर्तनकारी पनि भइने सम्भावना देखेका छन् क्यारे, त्यसै अनुसार उफ्रन्छन् ।
अहिले देश अप्ठ्यारो मोडमा छ, राष्ट्रियता धरापमा छ । किनकि यो नेकपा केपी ओलीको सरकारले मुलुकलाई बाÞय हस्तक्षेपबाट डुबाउँदै छ । मुलुकलाई इसाईकरण गर्नका लागि नेपालले फोरम उपलब्ध गराइदिए बापत प्रधानमन्त्रीले एक लाख डलर पुरस्कार पनि बुझिसके । यस्ता थुप्रै उदाहरण छन् । यही बेलामा नेपाली का·ेस पनि निकै अप्ठ्यारो मोडमा पुगिरहेको छ । हाम्रो पार्टी नेपाली का·ेसमा हालसम्म धेरैथरी सभापति हुँदै आएका छन् । प्रथम महाधिवेशन २००३ सालमा सभापति टंकप्रसाद आचार्य, द्वितीय महाधिवेशन २००४ सालमा सभापति बीपी कोइराला, तृतीय महाधिवेशन २००५ सालमा सभापति मातृकाप्रसाद कोइराला, चौथो महाधिवेशन २००६ सालमा सभापति पुनः मातृकाप्रसाद कोइराला, पाँचौँ महाधिवेशन २००९ सालमा पुनः बीपी कोइराला, छैटौँ महाधिवेशन २०१२ सालमा सभापति सुवर्णशमशेर राणा, सातौँ महाधिवेशन २०१७ सालमा पुनः सभापतिमा बीपी कोइराला, आठौं महाधिवेशन २०४८ सालमा सभापति कृष्णप्रसाद भट्टराई, त्यसपछि नवौँ, दशौँ र एघारौँमा लगातार गिरिजाप्रसाद कोइराला, बाह्राँै महाधिवेशनमा सभापति सुशील कोइराला र तेह्राँै अधिवेशनबाट शेरबहादुर देउवा भएका हुन् । सभापति त हामीले धेरै भोगिसक्यौँ, बदल्दै पनि आएका छौँ । तर, का·ेसको व्यवहारमा परिवर्तन आयो कि आएन यो मुख्य कुरा हो । का·ेसले राणा त फाल्यो, तर पार्टीभित्रका राणालाई अझै फाल्न सकेको छैन । बिर्ता र जमिनदारी प्रथा पनि का·ेसले हटायो, तर आन्तरिक रूपमा बिर्ता प्रथा र जमिनदारी प्रथा अझै कायम नै छ । त्यसकारण प्रवृत्तिमा फरक आउनुपर्दो रहेछ । यसको मतलब सभापति बदल्न हुँदैन भन्ने होइन । सभापति बदल्दै गरौँला, तर सोच कसरी बदल्न सकिन्छ भन्नेमा कसैको पनि ध्यान नगएको हो कि जस्तो छ । राणा फालेको का·ेस, पञ्चायत फालेको का·ेस, राजा फालेको का·ेस, माओवादीलाई सडकदेखि सदनसम्म ल्याएको का·ेस किन यो हालतमा पुग्यो ? नेपाली का·ेस यो देशको प्रजातन्त्रको पाठशाला हो । साबिकको एमालेले पनि नेपाली का·ेसकै स·तमा लागेर कम्युनिस्ट भएर पनि लोकतन्त्रमा विश्वास गर्न सिक्यो । तर, नेपाली का·ेसभित्रका कार्यकर्तामा नराम्रोसँग घात–अन्तर्घातले वास गरेको छ । मेरो गाउँमा २०५४ सालको स्थानीय चुनावमा एकजना उम्मेदवारले भन्नुहुन्थ्यो कि उहाँलाई हारिन्छ कि भन्ने चिन्ताभन्दा पनि कतै विजय भइहालिन्छ कि भन्ने डर लाग्छ भन्नुहुन्थ्यो । तर, त्यो उहाँको निकम्मापन थियो । विगतका निर्वाचनमा उम्मेदवारले कसरी जित्ला भन्ने चिन्तनभन्दा पनि कसरी हार्ला भन्ने चिन्तनले गाँजेको थियो । मरेर जिताउन जाग्ने कार्यकर्ताको स·यामा पनि कम थिएन, तर एकरूपतामा कमी आयो । त्यसैगरी नेपाली का·ेसभित्र बिस्तारै एक–अर्कामा हार्दिकता र बन्धुत्वको अभाव हुँदैगएको छ । कोही–कसैको भलोभन्दा पनि कुभलो चिताउनेहरूको स·या बढ्दै छ । यसै प्रस·मा मैले मातृकाप्रसाद कोइरालाको एक उखान यस लेखमा राख्ने प्रयास गरेको छु । वास्तवमा मातृकाप्रसाद कोइराला २००५ सालदेखि २००९ सालसम्म नेपाली का·ेस पार्टीका केन्द्रीय सभापति भएका हुन् । सात सालको क्रान्तिमा कमाण्डर पनि भएका हुन्, तर विविध कारणले आफ्नै सहोदर भाइ बीपी कोइरालासँग विचार मिल्न सकेन । मातृकाप्रसाद कोइराला नेपाली का·ेसबाट निस्कनुभयो । हुन त गणेशमान र कृष्णप्रसाद भट्टराईले पनि पार्टी परित्यागको घोषणा गरेका हुन् । बीपी कोइरालाको तीन वर्षजति स्वकीय सचिव भएर बस्नुभएका इतिहासकार ढुण्डीराज भण्डारीले नेपालको ऐतिहासिक विवेचना भन्ने पुस्तक २०१४ सालतिर प्रकाशन गर्नुभएको रहेछ । त्यसमा उल्लेख भएअनुसार सन् १९५८ साल सेप्टेम्बर २९ गते लेखक ढुण्डीराज भण्डारीले एक होटेलमा मातृकाप्रसाद कोइरालालाई भेटेर सोध्नुभएछ कि किन बीपी र तपाईका बीचमा मेल हुन सकेन ? किन एउटै बाबु कृष्णप्रसाद कोइरालाको छोराहरू भएर पनि सँग–सँगै किन हिँड्न सक्नुभएन ? २००७ सालको जनक्रान्तिमा तसँगै लडेका हुन् नि । यस प्रश्नको जवाफमा मातृका प्रसादले लेखकलाई एउटा छोटो कथा सुनाउनु भएछ । एउटा गाउँलेको दुई भाइ छोराहरू मध्ये एक भाइ असाध्यै विद्वान् र अर्को असाध्यै मूर्ख स्वभावका रहेछन । आखिरमा ज·लबाट एक भाइ कानो र अर्को भाई अन्धो भएर फर्के । मातृकाको भनाइ अनुसार बीपी र मातृकाको बीचमा यही कथाजस्तो भएको हो भन्ने प्रस· उल्लेख छ । मातृकाप्रसाद कोइरालाको कथाको प्रस· अहिले पनि नेपाली का·ेसभित्र उत्तिकै मननयोग्य छ । नेपाली का·ेसका नेताहरूले प्रवृत्ति नसुधार्ने हो भने हालको सभापतिको कुर्सीमा आएर जोसुकै बसे पनि अवस्था एउटै हुनेछ । सोचमा, चिन्तनमा, व्यवहारमा र आचरणमा परिवर्तन ल्याउनुपर्ने मुख्य कुरा हो । अब एकपटक नेपाली का·ेस पुनर्जागरणका लागि २०४२ सालको सत्याग्रहको स्मरण गर्ने समय आएको छ । तलदेखि माथिसम्मका कार्यकर्ताले सोच्ने बेला आएको छ । विशेषगरी उपल्लो तहका नेताहरूले सोच्नुपर्ने हुन्छ । सत्याग्रहको मतलब हुन्छ कि सत्यको आग्रह गर्नु । आत्मामा सत्यको आग्रह गर्नुपर्छ । सत्य सधैँ एउटै हुन्छ, सत्य का·ेसको चरम लक्ष्य हो, सत्य प्रकाश हो, प्रजातन्त्र भनेकै सत्य कुरा हो । जनतालाई बुझाउन र भन्न आवश्यक छ । नेपाली का·ेसले कार्यकर्ता र जनतामा जाँदा यथार्थ कुरा लगेर जानुपर्छ र भन्नुपर्छ कि हामीमा परिवर्तन आइसक्यो भनेर विश्वास दिलाउनुपर्छ । कुनै ढाँट र छलछामले नेपाली का·ेस टिक्न र चल्न सक्दैन । महात्मा गान्धीले भन्नुभएको छ कि सत्य भनेको नै ईश्वर हो । नेपाली का·ेसका नेता र कार्यकर्ताले आत्मा साक्षी राखी मन, वचन र कर्मले काम गर्नुपर्छ । सत्याग्रहबारे गुरु अ·ीरस भन्छन्, ‘जो असलको बदला असलले नै दिन्छ त्यसमा कुनै विशेषता नै भएन ।
वास्तवमा असल मान्छे त्यो हो जसले खराबीको बदला असल नै दिन्छ ।’ गौतम बुद्ध भन्नुहुन्छ, ‘हिंसालाई अहिंसाले, दोषलाई गुणले, क्रोधलाई अक्रोधले, वैरभावलाई निर्वैर भावले जित्नुपर्छ ।’ चिनियाँ दार्शनिक लाओत्से भन्छन्, ‘निर्दयताको बदला दयालुले देऊ, खराबप्रति असल र अविश्वासीप्रति विश्वास गर ।’ ग्रिक दार्शनिक प्लेटो भन्छन्, ‘आफ्नो मित्रलाई मात्र होइन आफूप्रति नराम्रो गर्नेलाई पनि असल व्यवहार गर ता कि बारम्बार असल गर्दिनाले ऊ सुधियोस् । ‘ईशामसिहा भन्छन्, ‘म तिमीलाई भन्छु कि खराबीको मुकाबिला नगर । बरु कसैले तिमीलाई दाहिनेगालामा हान्छ भने देब्रेगाला पनि थापिदेऊ ।’ उपर्युक्त भनाइका आधारमा यसरी का·ेस सुन जरुरी छ । आचारण नसुधारीकन सभापतिको कुर्सी परिवर्तनको हल्लाले नेपाली का·ेसमा परिवर्तन आउँदैन । यदि साँचो अर्थमा नेपाली का·ेस सुधार गर्ने हो भने पार्टीभित्रका दूषित भावना र विकृत मनोवृत्तिहरूलाई समूल नष्ट गर्नुपर्छ । यसमा सबै नेता र कार्यकर्ता लाग्नुपर्छ । लालच र लुच्याइँ, दम्भ र मोह, इष्र्या र वितिष्णा, प्रतिहिंसा र घृणाजस्ता दुष्ट प्रवृत्तिहरूको सट्टा त्याग र उपकार, संयम र विवेक, सद्भाव र सहिष्णुता, प्रेम र उदारता जस्ता सदवृत्तिहरूलाई जगाएर राष्ट्रिय चरित्रको उत्थानमा नेपाली का·ेस लाग्नुपर्छ । पार्टीभित्र मूल्य र मान्यता खस्किँदै गएको छ । लाभको पदमा गएकाहरूमा एकै रातमा धनी बन्ने आकाङ्क्षा पलाएको छ, हुनेखाने र हुँदा खानेको अन्तर हुँदै गएको छ । नेपाली का·ेस पार्टी संरक्षित र सुरक्षित वर्गको हातमा मात्रै गइसकेको छ भने उपेक्षित वर्गले स्थान पाउन सकेको छैन । युवा भन्नेहरू पनि युवाका कुरा र नारा अधिवेशनको मुखमा केन्द्रीय समितिमा जाने नाराबाहेक अरू केही नगर्ने र जसरी हुन्छ काठमाडौंमा घर ठड्याउने जस्ता आचरणले का·ेसलाई उकास्न सकिँदैन । यदि हामी बीपी कोइरालाका अनुयायी हौँ भने अनुशासन, इमानदार, निस्वार्थपन र सादगीपन पालना गरौँ । साम्प्रदायिकता र गुटबन्दीलाई त्यागौँ ।
लेखक ः काँग्रेस महासमिति सदस्य हुन् ।

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *