‘सन्देशमूलक साँस्कृतिक प्रस्तुतिलाई प्राथमिकता दिएका छौं’

पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा तानसेनको टुँडिखेलमा जारी प्रदेशस्तरी पाल्पा महोत्सव २०७४ मा विविध सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । यस क्षेत्रमा हुने मेला महोत्सवले उद्योग व्यापार र पर्यटनलाई मात्र नभई स्थानीय कलाकारसँगै कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन पनि हुँदै आएको छ । यसै सन्दर्भमा यस अघिको महोत्सवमा प्रचार–प्रसार संयोजक भएर सक्रिय र सफल रुपमा जिम्मेवारी पूरा गर्न सफल संघका वाणिज्य उपाध्यक्ष शैलेन्द्र भट्टराई यसपटक साँस्कृतिक संयोजकको जिम्मेवारीमा रहेका छन् । उद्योग व्यवसायसँगै कलाकारिता प्रति रुची राख्ने भट्टराई पहिलो पटक अनुभव समालिरहेका छन् । यसै सन्दर्भमा रहेर तानसेनको टुँडिखेलमा जारी पाल्पा महोत्सवका सांस्कृतिक संयोजक शैलेन्द्र भट्टराईसँग नवजनचेतना दैनिकका संवाददाता रामचन्द्र रायमाझीले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

महोत्सवमा साँस्कृतिक कार्यक्रम कसरी अघि बढेको छ ?

– सुरुवातदेखि नै निरन्तर विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत भइरहेका छन् । दर्शक तथा श्रोताको प्रतिक्रिया राम्रो नै प्राप्त भएको छ । महोत्सव अवधिभर साँस्कृतिक कार्यक्रमहरुलाई विभिन्न भागमा बाडेर व्यवस्थापन मिलाई सञ्चालन गरिरहेका छौं । १२ बजेदेखि २ बजेसम्म विद्यालयस्तरिय र खुल्ला नृत्य प्रतियोगिता साथै डान्स, स्थानीय साँस्कृतिक कार्यक्रमहरु, २ बजेदेखि ६ बजेसम्म राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति साथमा लोेकदोहोरीका कार्यक्रमहरु अघि बढिरहेका छन् ।

पहिलो पटक मेलामा साँस्कृतिक संयोजकको जिम्मेवारी वहन गरिहनुभएको छ चुनौति र समस्या के–के रहेछन् ?

– काम गर्ने क्रममा बाधा अवरोध चुनौति त छन् साथै अवसरहरु पनि छन् । जस्तो कि चुनौति आर्थिक भौतिक सामाजिक क्रियाकलापलाई अवसरमा बदल्नका लागि दिन रात नभनी विभिन्न आरोह अवरोहका साथ मेलामा इमान्दारी र वफादारीका साथ जुझारु हुँदै लागेको छु ।

मेलामा मनोरञ्जनलाई प्राथमिकता दिइने नाममा जथाभावी हसाउने कलाकार र गाउने कलाकारलाई स्थान दिने चलन छ नि ?

– हामीले साँस्कृतिक कार्यक्रमका नाममा त्यस्ता कलाकार र प्रस्तुतिलाई भन्दा पनि स्थानीय कलाकार, मनोरञ्जनसँगै सन्देशमूलक र साँस्कृतिक प्रस्तुतिलाई प्रथामिकता दिएका छौं ।

केही कलाकारहरुले आफुलाई नबोलाउँदा गुनासो गर्नुहुन्छ, भने दर्शकले आफु अनुकुल कलाकार नहुँदा गुनासो गर्नुहुन्छ, कसरी व्यवस्थापन गर्नु भएको छ ? 

– यो एकदमै जटिल समस्या हो । सबै राष्ट्रियस्तरका र सबै स्थानीय स्तरका कलाकारलाई समेट्न गाह्रो पर्दछ । हामीले मुख्यतया स्थानीय स्तरबाट राष्ट्रिय स्तरमा ख्याती प्राप्त गरेका कलाकारलाई निमन्त्रणा गर्दै आएका छौं । जसले गर्दा यस क्षेत्रबाट उत्पादित राष्ट्रिय कलाकारको प्रस्तुतिमा सबैको चासो बढेर आएको छ । त्यसैगरि स्थानीय, नयाँ,  ख्याती प्राप्त कलाकारहरुलाई पनि समेटेका छौं ।

मेलामा अन्य कार्यक्रमहरु के–के रहेका छन् ?

महोत्सवमा व्यापारमात्रै नगरी स्थानीय कलाकारिताको पनि संरक्षण गर्ने उद्देश्यले हामीले विद्यालयस्तरिय नृत्य तथा खुल्ला नृत्य प्रतियोगिता पनि सञ्चालन गरिरहेका छौं ।

अन्तमाः तपाईको विचार ?

– साँस्कृतिक कार्यक्रमको संयोजकको तर्फबाट भन्नु पर्दा हामीले सबै वर्ग र उमेर समूहका लागि मनोरञ्जन र सन्देश प्रदान गर्ने उद्देश्यले विभिन्न कलाकारहरुबाट फरक प्रस्तुति दिने प्रयत्न गरेका छौं । उपस्थित भई प्रर्दशनी र साँस्कृतिक कार्यक्रमको अवलोकन गरिदिनुहुन सम्पूर्णमा अनुरोध गर्दछु । यो अवसरको लागि हजुर रामचन्द्र रायमाझी र नवजनचेतना परिवारलाई धन्यवाद  ।

  • 90
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    90
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *