सन्दर्भ २५६३ औं बुद्ध जयन्ती, भगवान बुद्ध र चर्तृ आर्यसत्य

पुरन शाक्य
भगवान गौतम बुद्धले ३२ वर्षको उमेरमा बुद्धगयाको बौधिवृक्षमुनि ध्यान गरी जुन ज्ञान लाभ गर्नुभयो, त्यो सम्यक् सम्बोधि ज्ञान थियो । त्यस अन्तर्गत एउटा ज्ञान परम सत्यको थियो, जसलाई चतृआर्य सत्य भनिन्छ । चतृआर्य सत्य भगवान बुद्धको मुल उपदेश हो । यहाँ चर्तु भनेको चार, आर्य भनेको उत्तम, पवित्र र सत्य अर्थात् जहिले पनि सहि भहिरहने हो । निर्मल चित भएको मानिसलाई आर्य भनिन्छ । भगवान बुद्धले बहुजन हित र सुखको निम्ति ४५ वर्ष सम्म दिनुभएका उपदेशहरु सबै चर्तृआर्य सत्यमा आधारित छन् ।
उहाँले सबैभन्दा पहिले ऋषिपतन मृगदान सारनाथमा पञ्चवर्गीय भिक्षुहरुलाई अनुत्तर धर्मचक्र प्रवर्तन गर्नुभएको थियो । धर्मचक्र भनेको आर्यसत्यको स्थापना गर्नु, प्रकाशमा ल्याउनु, अथ्र्याउनु, किटेर देखाउनु, खुलस्थ वर्णन गर्नु हो । चतुआर्य सत्य भगवान बुद्धको मुल उपदेश हो । चर्तुआर्यको ज्ञान साक्षात्कार भएपछि मान्छे अनार्यबाट आर्य बन्छ । आर्य कुनै जातिको नाम होइन । आर्य त्यस्तो व्यक्ति हो, जो शान्त छ, ज्ञानी छ, मुक्त छ, आनन्दित छ । वाह्य परिस्थितीले जसको मनस्थितीलाई हलचल गर्न सक्दैन, जसलाई मान–अपमान, निन्दा–प्रशंसा, लाभ–हानी, सुख–दुःख ले कम्पयमान गर्न सक्दैन, त्यसलाई आर्य व्यक्ति भनिन्छ । चार आर्य सत्य यसप्रकार छन् ।
१–दुःख आर्य सत्य
२–दुःख समुदय आर्य सत्य
३–दुःख निरोध आर्य सत्य
४–दुःख निरोध गमिणी प्रतिपदा मार्ग आर्य सत्य
१. दुःख आर्य सत्य : दुःख आर्य सत्यको पहिलो सत्य हो । दुःखको व्याख्यामा भगवान बुद्धले भन्नुभएको हो जन्म दुःख हो, वुद्धा अवस्था दुःख हो, प्रीय वियोग दुःख हो, अप्रीय संयोग दुःख हो । संक्षेपमा भन्ने हो भने पञ्चस्कन्धको शरीर धारणा गर्नु नै दुःख हो र जबसम्म शरीर रहन्छ, तबसम्म उपरोक्त सबै प्रकारका दुःखहरु आइरहन्छ । कुनै पनि दुःखको स्थायी समाधान छैन । मानव जीवनमा आइपर्ने सबै प्रकारका आर्थिक, सामाजिक, राजनैतिक समस्याहरु पनि दुःख हो । गरीबी, अशिक्षा, अन्धपरम्परा र विश्वासले गर्दा मानिसले झेल्नुपर्ने यावत समस्याहरु मानव दुःख हुन् । जीवन अनिश्चित छ तर मृत्यु निश्चित छ । स्वास्थ्य अनिश्चित छ तर जीवनमा सानो ठूलो रोग आउँछ यो निश्चित छ । जवानी अनिश्चित छ तर एकदिन बढाँवा आउँछ यो निश्चित छ । जुन अनित्य छ, त्यो परिवर्तनशिल छ । विनाशक्ति गहिरहेको छ, त्यो अवस्था पनि दुःख नै हो । सुख दिने प्रत्येक वस्तुले अन्तवोगत्वा दुःख दिन्छ, यो पक्का सत्य हो । त्यसैले दुःख नै सत्य हो ।
२. दुःख समुदाय आर्य सत्य :  दुःख समुदय आर्य सत्य भनेको मुल कारणलाई चिन्नु हो । तृष्णा नै दुःखको मूल कारण हो । तृष्णा नै फेरिफेरी जन्म लिनुको कारण हो । तृष्णा तिन प्रकारका छन् : काम तृष्णा, भव तृष्णा एवम विभम तृष्णा । काम तृष्णा भनेको पञ्चकाम भोग प्रतिको आशक्ति हो रुप, गन्ध, रस र स्पर्शमा आशक्त हुनु हो । आखाँले राम्रो दृष्य हेर्न माग्छ, नराम्रोलाई घृणा गर्छ । कान सुमधुर शब्दप्रति आकर्षित हुन्छ, कर्कश शब्दप्रति विकर्षित हुन्छ । नाकले सुगन्ध खोज्दछ, दुर्गन्धदेखि टाढा भाग्न खोज्छ । जिब्रो मिठो स्वादमा भुल्न खोज्छ, अप्रिय वस्तु मन पराउदैन । यसरी पञ्चका मेन्द्रियले सुख वेदना खोज्नु र दुःख वेदनालाई घृणा गर्ने प्रवितृ नै काम तृष्णा हो । भव तृष्णा भनेको बारबार जन्मने इच्छा हो । अर्को जन्ममा अझ राम्रो सुखी आनन्दित हुने तृष्णाले गर्दा अनेक कर्म गरिन्छ र भव चक्रमा अल्झिन्छ । विभव तृष्णा भनेको पुनर्जन्ममा विश्वास नगर्ने इच्छा हुनु हो । कर्म र कर्मफल प्रतिको अविश्वास, पुनर्जन्मको सिद्धान्त प्रतिको अविश्वासले गर्दा जथाभावी कर्म गर्नु दुःखलाई निम्ताउनु हो ।
३. दुःख निरोध आर्य सत्य : दुःख निरोध गर्न सकिन्छ । दुःखलाई समुल नष्ट गर्न सकिन्छ । दुःखको हेतु तृष्णलाई निरोध गरेको खण्डमा दुःख स्व तह निरोध हुन्छ । तृष्णा भनेको आशा, अशान्ती अरुबाट राम्रो कुराको आशा गर्नु हो । असिमित इच्छा नै तृष्णा हो । मनले चाहाना गरेको नपाउदा दुःख हुन्छ । मनले चाहाना गर्न नै बन्द ग¥यो भने दुःख नै पाउँदैन । अविद्याले गर्दा नै मनमा अनेक चाहाना पैदा हुने हो । दुःखको कारण बाहिर होइन भित्र हो । तृष्णा नै दुःखको मूल कारण हो । तृष्ण निरोध गर्नु, तृष्णाबाट विल्कुल विराग हुनु, अलग्ग हुनु, यसबाट मुक्त हुनु हो । अनाशक्त हुनु नै दुःख निरोध आर्यसत्य हो । तृष्णाको निरोध निवार्ण हो । राग द्धेष र मोहको निरोधलाई निर्वाण भनिन्छ ।
यो जन्म, जरामरणको दुःख बाट अलग रहेको शान्तिको अवस्था हो । निर्वाण दुई प्रकारका हुन्छन्, सउपादिशेष निर्वाण र असउपादिशेष निर्वाण । जीवित अवस्था मै सम्पूर्ण सांसारिक दुःखबाट मुक्ति पाईसकेको अवस्थालाई सउपादिशेष निर्वाण भनिन्छ । भगवान बुद्धले ३५ वर्षको उमेरमा सउपादिशेष निर्वाण प्राप्त गर्नु भएको हो । आयु संस्कार समाप्त भई पुनः जन्म लिनु नपर्ने गरी देह त्याग गरेको अनुपादिशेष निर्वाण भनिन्छ । भगवान बुद्धले ८० वर्षको उमेरमा कुशिनगरमा प्राप्त गर्नुभएको निर्वाण अनुपादिशेष निर्वाण हो ।
४. दुःख निरोध गामीणि प्रतिपदा मार्ग आर्य सत्य : दुःख निरोधमिनी प्रतिपदा आर्य सत्य दुःख निरोध तिर लाने मार्ग सत्य हो ।
यो मार्ग सत्य अपनाउँदा दुःखबाट मुक्त हुन्छ । यो मार्गलाई मध्य मार्ग पनि भनिन्छ । दुईवटा अतिलाई त्याग्नु पर्दछ । एउटा अति काम सुखमा चुर्लुम्म डुब्नु हो मोज–मोजा, एश–आरामपूर्ण जिन्दगी बिताएर साँचो सुख पाउन सकिदैन । अर्को अति भनेको शरीरलाई कष्ट दिनु हो । बुद्धले पनि ६ बर्ष सम्म अति दुष्कर चर्या गर्नु भयो तर दुःखबाट मुक्त हुने ज्ञान पाउन सक्नु भएन दुईवटा अतिलाई त्यागेर बीचको मार्ग अपनाएमा मात्र सहिरुपमा ज्ञान पाउन सकिन्छ, दुःखबाट मुक्ति पाउन सकिन्छ । यसलाई आर्य अष्टाङ्गिक मार्ग भनिन्छ । आर्य अष्टाङ्गिक मार्ग हेर्नुहोस् :
१ सम्यक् दृष्टी (ठीक धारणा)
२ सम्यक् संकल्प (ठीक विचार)
३ सम्यक वचन(ठीक बोली)
४ सम्यक् कर्मान्त(ठीक कर्म)
५ सम्यक् आजीविका
६ सम्यक् व्यायाम(ठीक कर्म)
७ सम्यक् स्मृती (ठीक स्मृती)
८ सम्यक् समाधी (ठीक एकाग्रता)
यसरी चर्तुआर्य सत्यले दुःख छ, दुःख को कारण छ, दुःख निरोध गर्न मार्ग अपनाउनु पर्छ भन्ने ज्ञान दिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *