सन्दर्भ पाल्पा महोत्सब २०७४

‘यो महोत्सवमा नौलोपन र स्थानीय उत्पादन पाउनु हुनेछ’

  • ‘पाल्पामा कृषि, पर्यटन, उद्योग, व्यापार, अवसर र संभावना छ अपार’ भन्ने मूल नारासहित स्थापित उद्योग व्यवसायीहरुको साझेदार संस्था पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि बाह्रौं पाल्पा महोत्सव हुँदै छ । १३ गते सम्म चल्ने महोत्सवको तयारी तिव्र पारिएको छ । आयोजकहरु मेला सफल पार्नको लागि परेका छन् । मेलाको पुर्वसंध्यामा मूल आयोजक समितिका संयोजक तथा संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठसँग नवजनचेतना दैनिकका लागि पत्रकार रामचन्द्र रायमाझीले गर्नु भएकोे कुराकानी प्रस्तुत छ ।
    मेला गर्नुको प्रमुख उद्देश्य के हो ?
    – १२ औं पाल्पा महोत्सव २०७४ को प्रमुख उद्देश्य भनेको उद्योग व्यापार कृर्षि र पर्यटनको प्रवद्धन गर्नु नै हो । त्यस बाहेक कला, संस्कृतिको संरक्षण र संवद्धनका साथै संघको बहुउद्देश्यीय भवन निर्माण लागि सहयोग संकलन गर्ने, टुँडिखेलको स्तरउन्नतिका साथै समग्रमा पाल्पाको आर्थिक सम्बृद्धि नै मेलाका प्रमुख उदेश्य हुन  ।
    कस्तो छ, तयारी जानकारी पाउँ न ?
    – आज देखि १३ गतेसम्म हुन लागेको पाल्पा महोत्सवको आज उद्घाटन हुदै छ । स्टलहरु निर्माण, सचिवालय निर्माण,स्वागत गेट निमार्ण र अन्य भौतिक निर्माणका कामहरु सकिएका छन् । ३१ वटा उपसमितिहरु बनाएर जिम्मेवारी सहित संयोजक र सहसंयोजकको नेतृत्वमा सबै काम भएका हुन  ।
  • मेलामा कति स्टलहरु छन् ?
    – महोत्सवमा विभिन्न प्रकृतिका ४ सय स्टलहरु छन् । सबै दर्ता भई तयार भई सकेका छन् ।
    कस्ता स्टलहरुलाई प्राथमिकता दिनुभएको छ ?
    – हामीले स्थानीयस्तरमा उत्पादित कृषि जन्य वस्तु, महिला उद्यमी, हस्तकला, धार्मिक, शैक्षिक, स्वास्थ्य सम्बन्धित वस्तुहरु, दैनिक उपभोग्य वस्तु, गार्मेन्ट, अटोमोवाईल, गाडीका शोरुम लगायतका स्टलहरुलाई प्राथमिकता
    दिएका छौं ।
    आर्कषणहरु के के हुन् ?
    – अहिले हुनगईरहेको मेलाले नयाँपन दिने छ । महोत्सवलाई सफल बनाउनकालागि हामीले महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिसंगै पाल्पालाई चिनाउँने करुवा, ढाका, रानीमहल, पाल्पा संग्रहालय, वीरेन्द्र फूलबारी लगायतका फोटो प्रदर्शनीहरु गर्देछौं । मेला अवधिभर विभिन्न किसिमका साँस्कृतिक कार्यक्रम पर्यटकीय क्षेत्रको फोटो प्रदर्शनी गरिनुको साथै विद्यालय स्तरीय र खुल्ला नृत्य प्रतियोगिता हुदैं छन् ।
    महोत्सवमा कतिको कारोवार गर्ने लक्ष्य राख्नुभएको छ ?
    – हामीले मेला अवधिभर दश करोडको कारोवार गर्ने लक्ष्य लिएका छौं, भने तीनलाख अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरेका छौं ।
     विदेशी उत्पादनले पनि ठाउँ पाउँछन नि ?
    – हामीले आयोजना गर्न लागेको महोत्सवका लागि आवश्यक सम्पूर्ण सुरक्षा प्रदान गर्नका लागि तीनवटै सुरक्षा निकाय सँगको समन्वयका काम भएका छन् । उहाँहरु सबै सकारात्मक हुनुहुन्छ । साथै मेलामा सुरक्षाका लागि आन्तरिक रुपमा पनि व्यवस्था मिलाएका छौं ।
    अन्तमा : तपाईको विचार ?
    – कार्यक्रमको संयोजकको तर्फबाट भन्नुपर्दा हामीले सबै वर्ग र उमेर समूहका लागि मनोरञ्जन र सन्देश प्रदान गर्ने उद्देश्यले विभिन्न कलाकारहरुबाट फरक प्रस्तुती दिने प्रयास गरेका छौं यो मेला प्रदेश स्तरीय भएकाले पनि सबैमा यो अनुरोध छ कि आउनुहोस् मेला अवलोकन गर्नुहोस् ।

  • 48
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    48
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *