सन्दर्भ/टोपी दिवसमा : ढाकाको टोपीमा सजिएका पाल्पालीहरु

तानसेन, पुस १७/मंगलबार अन्तर्राष्ट्रिय टोपी दिवस तानसेनमा पनि मनाइएको छ । सन् २०१३ नोभेम्बर २६ मा सामाजिक संजाल फेसबुकमा डा. लेखनाथ काफ्ले र शंकर बन्जाडेले सार्वजनिक पेज स्थापना गरी पहिलो पटक जनवरी १ लाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस र नेपाली टोपी लगाउने दिनको रुपमा घोषणा गरेका हुन् ।

सो घोषणा मार्फत् काफ्ले र बन्जाडेले सबैलाई नेपाली टोपी लगाउन आÞवान गरेका थिए । उनीहरुकै घोषणा अनुसार सन् २०१४ देखि जनवरी १ तारिकका दिन नेपालमा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन थालिएको हो ।

–तस्वीर सौजन्य : मुक्तिप्रसाद न्यौपाने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *