सकियो प्रथम माथागढी पुरुष तथा महिला भलिवल

पाल्पा, (माथागढी) जेठ २७/ प्रथम माथागढी कप पुरुष तथा महिला भलिवल प्रतियोगिता माथागढी ४ झडेवामा भएको छ । शनिबार देखि सुरु भएको प्रतियोगितामा गाउँपालिका भित्रका ९ वटा वडाका खेलाडीहरुको सहभागिता रहेको थियो । पुरुष भलिवल खेल प्रतियोगीतमा वडा ४ झडेवा प्रथम, वडा २ कसेनी दोस्रो र वडा ७ रहवास तेस्रो भएका छन् । महिला भलिवल खेल तर्फ वडा ४ झडेवा ‘क’ प्रथम , ‘ख’ दोस्रो र वडा २ रुप्से तेस्रा भएका छन् । प्रतियोगीतामा पुरुष भलिवल तर्फ प्रथम टिमलाई ५० हजार, कप, मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियो । दोस्रो हुने टिमलाई ३० हजार, कप, मेडल र प्रमाणपत्र , तेस्रो हुने टिमलाई २० हजार , कप , मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
त्यस्तै गरी महिला भलिवल तर्फ प्रथम हुने टिमलाई १५ हजार, कप, मेडल र प्रमाणपत्र , दोस्रो हुनेलाई १० हजार कप, मेडल, प्रमाण पत्र र तेस्रो हुने टिमलाई ५ हजार कप, मेडल र प्रमाण प्रत्र प्रदान गरिएको थियो । विजेता टिमलाई पुरस्कार वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले गाउँपालिकालाई खेल क्षेत्रको रुपमा विकास गरेर लैजाने बताए । उनले स्थानीय स्तरमा रहेका युवाहरुको खेल प्रतिभालाई उजागर गर्दै राष्ट्रिय स्तरमै दक्ष खेलाडी उत्पादन गर्न गापाले सहयोग गर्ने समेत प्रतिबद्धता जनाएका छन् । प्रतियोगिता युवा तथा खेलकुद विकास समिति माथागढी गापा ४को आयोजना र गापाको आर्थिक सहयोगमा भएको थियो । प्रतियोगिताको समितिका अध्यक्ष पदम चौहानको अध्यक्षता र कार्यक्रमको सञ्चालन हरि बहादुर रानाले गरेका थिए ।

  • 186
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    186
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *