‘शून्य होमडेलीभरी’ गाउँपालिका बनाउँछौं : अध्यक्ष बस्याल

पाल्पा(बगनासकाली),फागुन १८/बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँपालिकालाई शुन्य होमडेलीभरी गाउँपालिका बनाउने बताएका छन् । सुत्केरी र नवजात शिशु जाँच तथा स्वास्थ्य सचेतना सम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्यालले घरमै सुत्केरी हुने महिलाको अवस्थालाई कम गरी शून्यमा झार्ने बताएका हुन् । उनले घरमै सुत्केरी हुने महिलाको संख्यालाई शून्य दरमा झार्न र स्वास्थ्य संस्थामा नै गएर सुत्केरी हुनुपर्छ भन्ने मान्यता र चेतना वृद्धि गर्न ‘शून्य होमडेलीभरी’ बनाउने योजना अनुरुप गाउँपालिका अगाडि बढेको जानकारी दिए । घरमै बसेर बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्ने भएकाले सबै सुत्केरी आमाहरुलाई स्वास्थ्य चौकीमै गएर सुत्केरी हुन अध्यक्ष बस्यालले आग्रह गरे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले घरमै सुत्केरी हुने प्रथालाई निरुत्साहित गरी आमा र बच्चाको स्वास्थ्य जोखिमबाट बचाउन घरमै नर्सहरु पठाईने बताए । बालमैत्री स्थानीय शासन अवलम्बन कार्यदलका संयोजक तथा शिक्षा शाखा प्रमुख मणीप्रसाद खनालले बालमैत्री स्थानीय शासन गाउँपालिका बनाउन शिक्षा र स्वास्थ्यको महत्वपूर्ण भूमिका रहनेमा जोड दिए । स्वास्थ्य शाखा प्रमुख मणीराम अधिकारीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै सुत्केरी भएको २४ घण्टा भित्र सुत्केरी र नवजात शिशुको पहिलो पटक, तेस्रो दिनमा दोस्रो पटक र सातौं दिनमा तेस्रो पटक जाँच गर्नु पर्ने बताए । कार्यक्रममा सुत्केरी आमा तथा नवजात शिशुमा हुन सक्ने संभावित जटीलता तथा त्यसको व्यवस्थापनका विषयमा प्राथमिक स्वास्थ्य केन्द्र ताहुँका प्रमुख डा. वीपना कुंवरले प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा सहभागीको तर्फबाट खानीगाउँ स्वास्थ्य चौकीकी सिअनमी सीता गौतमले सुत्केरी तथा नवजात शिशुको परीक्षणमा आफु प्रतिवद्ध भएर लाग्ने बताईन् । बालमैत्री स्थानीय शासन अबलम्बन कार्यदलका फोकल पर्सन मनोज आर्चयको सञ्चालनमा कार्यक्रम भएको थियो ।

  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *