शुसिलाको गीतमा छोरीको वास्ताविक पीडा

अनिल खत्री
गुल्मी, फागुन २२/जुन घरमा जन्मिछन् त्यहि घरमा छोरी पाहुना बन्छन् । यो साच्चिकै यर्थात पनि हो । छोरी आफ्नो जन्म घरमा पराई भएको एउटा वास्ताविक कथा गीत मार्फत गायिकाले पोख्ने प्रयास गरेकी छन् ।
गायिका शुसिला गौतमको नयाँ गीत सार्वजनिक भएको गीतमा एउटा नारीहरुको यर्थात कहानीलाई समावेश गरेकी छन् । लोक दोहोरी गीतको क्षेत्रमा उद्यमान गायिका गौतमले ‘पाहुना’ एकल गीत सार्वजनिक गरेकी छन् ।  उनले आफ्नो जन्म दिनको शुभ अवसरमा गौतमको छोरी चेलीको एउटा वस्ताविक कहानीलाई ‘पाहुना’ मार्फत बाहिर ल्याएकी छन् । जन्मिएको घरमा आफु पाहुना बन्नुपर्ने एउटा यर्थात कथा बस्तुमा गीत सार्वजनिक गरिएको गायिका गौतमले बताइन् । जन्म घरबाट विवाह भएर अर्काको घरमा गएर आफ्नो घरलाई आफनो भन्नुपर्ने र जन्म घरमा पाहुना बन्नुपर्ने मुख्य कथा गीतमा रहेको गौतमले बताइन् । जन्म घरबाट विदा भएपछि पराई घरमा गर्नु परेका दुःखलाई गीतमा समावेश गरिएको छ । गीतमा खास गरी छोरी जन्म घरमा पहुना बन्नु परेको र पराई घरमा दुःख कष्ट गर्नु परेको कथा वस्तु हरेको गायिका गौतमले बताइन् ।
जन्म घरका सबै पराई हुँदा गीत मार्फत आफ्नी आमासँग गरिएका वास्ताविक भावहरु गीतमा पाउँन सकिने गायिका गौतमले बताइन् । गीतमा एउटी छोरी जन्म घरमा पाहुना बन्नु पर्दा परेको पिडा गीतमा रहेको उनले बताइन् । गायिका गौतमकै शब्द लय तथा स्वर रहेको एकल गीत मर्मस्पर्शी शब्द भाव रहेको छ । गीतमा गायिका गौतम र उनकी आफ्नी आमाको अभिनय रहेको छ ।

  • 412
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    412
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *