भावना खनाल
तानसेन, पाल्पा
पाल्पा जिल्लाको तानसेन नगरपालिका १३ केरवादीमा जन्मनुभएका उपन्यासकार शिव बस्यालको विस्मिता पाण्डुलिपि हेर्ने सौभाग्य प्राप्त भयो । माता स्व. ईश्वरी बस्याल र पिता यमप्रसाद बस्यालको जेठा सुपुत्रका रुपमा मिति २०३८ साल जेठ २८ गते साविक बौघागुम्वा गा वि.स.मा जन्मनुभएका बस्यालले वि.स. २०५५ सालमा सर्वाेदय माविबाट एसएलसी उतीर्ण गरी बैदेशिक रोजगारीको सिलसिलामा भारत पस्नुभएको थियो । पारिवारीक समस्या र जिम्मेवारीले उहाँलाई भारत पु¥याएपनि भारतकै विभिन्न संघ संस्थामा आवद्ध भएर सामाजिक क्रियाकलापमा आफुलाई सक्रिय गराईराख्नु भयो । वि.स. २०७० सालमा जन्मदिने आमाको देहान्त भएपछि यस दुखान्त परिवेशलाई समेट्दै उहाँ लेखन कार्यमा अगाडि बढ्नुभयो । वि.स. २०६३ सालमा चम्फा बस्यालसंग बिवाह बन्धनमा बाँधिन पुग्नुभएका बस्यालका हाल एक छोरा र एक छोरी छन् ।
शिव बस्याल

यसरी हेर्दा यस उपन्यासमा हराएकी विस्मिताको खोजी गर्दै हिंडेको म पात्रले शिशिर निरौलालाई बताएको आफ्नो प्रेम कथा नै यस उपन्यासको कथा वस्तु हो । प्रेम हुनका लागि प्रत्यक्ष रुपमा भेटघाट नै हुनुपर्छ भन्ने छैन सञ्चार माध्यमबाट विचार आदानप्रदान भएर मन मिलेपछि दूरीले टाढा बनाउँदैन । प्रेम आफै हुन्छ भन्ने कुरा पनि यस उपन्यासमा देखाइएको छ । कतै हिन्दी र कतै अंग्रेजी शब्दहरुको (कोदाको भूस भरेर मजेत्रोले बेरेको मकुण्डो) प्रयोग गरिएको पाइन्छ । कठिन बम्बै रेल यात्राका प्रसंगलाई यहाँ जोडिएको छ भने हवाइजहाज र टे«नका पहिलो यात्राका अनुभवलाई पनि यहाँ सशक्त ढंगले प्रस्तुत गरिएको पाइन्छ । खासगरी हिजो आजाका फेसबुसके प्रेम प्रसंग बिचमै सुरु हुने र हराउने प्रसंगलाई पनि यहाँ देखाइएको पाइन्छ । वास्तवमा प्रेम विना मान्छे बाँच्नै सक्दैन । कसैको माया र साथ विना आफुलाई एक्लो असक्त र अपांग जस्तो महशुस गर्छ अनि प्रेमको अभावमा मान्छेले आत्महत्या समेत गर्न सक्छ भन्ने जस्ता प्रसंगलाई युटेनको क्रियाकलाप र मनोदशा मार्फत प्रस्तुत गरिएको छ । भने अदृश्य रुपमै फेसबुकबाटै गरिएको प्रेम पनि सच्चा र पवित्र हुन्छ, भन्ने कुरा विस्मिता मार्फत देखाइएको छ । मुहार पुस्तिकाबाटै सुरु र मुहार पुस्तिकाबाटै अन्त्य हुने आजकलका युवा, युवतीको प्रेम प्रसंगलाई उपन्यासले छर्ल· पारेको छ ।
अन्त्यमा यस उपन्यासकी प्रेमिका विस्मिता एकाएक हराउनुले पाठकका मनमा अनेकौं शंका उपशंकाहरु सिर्जना गरेको छ । कतै यही हराएकी विस्मिताको खोजीमा लेखकले अर्को उपन्यासको सिर्जना गर्न खोजेको त हैन ? भन्ने अनुमान पनि लगाउन सकिन्छ । जेहोस् प्रेम कथामा आधारित यस उपन्यास हिजोआजका युवा युवतीका माझमा रोजक र चाखलाग्दो हुने देखिन्छ । लेखकको आगामी यात्रा अझै सशक्त रुपमा अगाडि बढोस् शुभकामना ।