शिक्षामा निजी क्षेत्रको लगानी उच्च : महासचिव बानिया

कृष्ण पोखरेल
पाल्पा, पुस २५/निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपालका केन्द्रिय महासचिव राजेन्द्र बानियाले नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रको लगानी उच्च रहेको बताएका छन् ।
प्याब्सन पाल्पाको सातांै अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रिय महासचिव बानियाँले निजी क्षेत्रकै योगदानको कारण शिक्षाको लागि विदेशीने रकम स्वदेशमै परिचालन भएकोले सरकारले निजी क्षेत्रलाई सम्मान र सहयोग गर्नुपर्ने बताए । निजी क्षेत्रले शिक्षामा गरेको लगानीको कारण राज्यको अरवौ खर्च बचाई दिएको अवस्थामा राज्यबाटै शिक्षामा लगानी गरेका व्यक्ति संघ–संस्था चेपुवामा पारेको बताए । देशकै एउटै नियम कानुन बाट सञ्चालन हुने एउटै परीक्षा प्रणालीबाट जाँच दिने परीक्षार्थी माथि राज्यले विभेद गरेको बताउँदै महासचिव बानियाले सामुदायिक र संस्थागत विद्यालयमा पढ्ने बालबालिकाहरुलाई समान अवसर र छात्रवृत्ति दिनुपर्ने बताए ।

राज्यद्वारा गठित उच्चस्तरीय शिक्षा आयोगले निजी क्षेत्रको मर्म र भावना अनुसार काम नगरेको समेत महासचिव बानियाले बताए । कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सांसद डा.पुरनमान बज्राचार्य, विरबहादुर राना, नेकपाका नेता नेत्र पाण्डे, राप्रपा प्रजातान्त्रिका केन्द्रिय सदस्य डुलबहादुर कुवँर, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, त्रिभुवन बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख कृष्णबहादुर कार्की, प्याब्सन ५ नं. प्रदेशका संयोजक कृष्ण खनाल, प्याब्सन रुपन्देहीका लेखनाथ न्यौपाने, नेपाल शिक्षक संघठनका रामप्रसाद ढकाल, प्याब्सन पाल्पाका अध्यक्ष चर्तुभुज नेपाल लगायतले निजी क्षेत्रले शिक्षामा गरेको लगानी सरानीह भएकोले, प्राविधिक शिक्षा, सीपयुक्त शिक्षा, घोकन्तेभन्दा व्यवहारिक शिक्षामा प्रदान गर्न सक्रिय लाग्न सुझाव दिए ।

कार्यक्रममा पत्रकार जगदीश भट्टराई, पत्रकार महासंघका पूर्वअध्यक्ष भगवान भण्डारी लगायतले पनि शुभकामना दिएका थिए । संस्थाका सचिव डाँसुराम पन्तले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै हाल पाल्पामा ५० वटा संस्थागत विद्यालय रहेको जसमा १५ हजार ८ सय ७४ विधार्थी, ८ सय ४७ शिक्षक र १ सय ५० कर्मचारी रहेको, गुणस्तरीय शिक्षाको लागि समय समयमा शिक्षकहरु तालिमहरु प्रदान गर्दै आएको बताए । प्याब्सन पाल्पाका अध्यक्ष भरत न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष महेश बज्राचार्यको स्वागत र सचिव डाँसुराम पन्त र सह–सचिव अशेष भट्टराईको सञ्चालनमा कार्यक्रम चलेको थियो । कार्यक्रममा विभिन्न व्यक्ति तथा उत्कृष्ट विद्यालयलाई सम्मान गरिएको थियो ।

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *