शिक्षकलाई पुस्तकालय तालिम

पाल्पा, जेठ ३०/शिक्षकलाई पुस्तकालय तालिम दिइएको छ । रूम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग, बेस नेपालको आयोजना र शिक्षाविकास तथा समन्वयको समन्वयमा जिल्लाका शिक्षकहरुलाई तालिम दिइएको हो ।

दुई दिनसम्म तानसेनमा सञ्चालन भएको तालिममा पुस्तकालयबाट कसरी विद्यार्थीहरूको पढ्ने बानीको विकास गर्ने, बालमैत्री पुस्तकालयको स्थापना र व्यवस्थापन गर्न, पुस्तकालयमा प्रयोग हुने विभिन्न ६ प्रकारका रजिष्टरहरुको प्रयोग गर्न र पुस्तकालयमा संलग्न सबैको भूमिका तथा जिम्मेवारीहरूका विषयमा शिक्षकहरुलाई तालिम दिइएको थियो ।

तालिमको बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेले उद्घाटन गरेका थिए । तालिमको उद्घाटन गर्दै निर्देशक पाण्डेले विद्यालयमा बालमैत्री पुस्तकालय निर्माणका लागि तालिमले महत्वपूर्ण टेवा पुग्ने बताए । पढ्नका लागि कोठासिनियर कार्यक्रम अधिकृत मनोज सुवेदी, कार्यक्रम सहायक तपेन्द्र ओली र बेस नेपालका कार्यक्रम संयोजक प्रकाश पाण्डे लगायतले तालिमको सहजीकरण गरेका थिए । तालिममा सन् २०१९ मा सञ्चालन भएका १८ वटा नयाँ विद्यालयका पुस्तकालय शिक्षक र ९ जनाप्रधानाध्यापक गरी जम्मा २७ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *