शाइन रेसुङ्गाद्वारा वित्तीय सचेतना कार्यक्रम

बुटवल, पुस १८/अर्थतन्त्रको प्रमुख आधार मानिएको कृषि र कृषिमा किसानहरुको घट्दो आकर्षणमा राज्यद्वारा गरिएका व्यवस्थाहरुलाई मध्यनजर गर्दै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड बुटवल, रुपन्देहीले वित्तीय सचेतना तथा अन्तक्र्रिया कार्यक्रम गरेको छ ।
बैंकले श्री टिकुलीगढ दूग्ध उत्पादक सहकारी संस्था लिमिटेड तिलोत्तमा–१४ बनकट्टीका कृषकहरुका बीच मंगलबार कार्यक्रममा बोल्दै जिल्ला दूग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष ज्ञानप्रसाद भुर्तेलले बैंकिङ पहुँच नपुकेको क्षेत्रमा शाखा स्थापना गरेर बैंकले किसानहरुका आर्थिक समस्यालाई समाधान गर्न अग्रसर रहेकोमा प्रशंसा गर्दै लगानी धेरै भएपनि जग्गा थोरै हुँदा सुविधा लिन कठिन भएको बताए । यसैगरि संस्थाका अध्यक्ष जनार्दन यादवले ग्रामीण क्षेत्रमा आएर बैंकले साविकको टिकुलीगढमा पहिलो पटक किसानहरुका बीच अन्तक्र्रिया कार्यक्रम गरेर सामाजिक उत्तरदायित्व बहन गर्नुका साथै कर्जाको सम्बन्धमा किसानहरुमा देखिएता अन्योलतालाई चीरफार गर्न मद्दत गरेको बताए । उनले धितो नभएका र सानो धितो हुने किसानहरुलाई पनि अगाडि बढाउने गरी आवश्यक कर्जाको व्यस्थामा गर्नुपर्ने धारणा राखे ।

बैंकका नायब महाप्रवन्धक लोकराज पनेरु, सामान्य सेवा विभाग प्रमुख लालमणी पन्थीको उपस्थिति रहेको थियो र बनकट्टी शाखाका शाखा प्रवन्धक यज्ञ न्यौपानेको सञ्चालनमा गरेका थिए । कार्यक्रममा किसानहरुका जिज्ञासामा सरकार, नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले कृषि क्षेत्रमा गरेका व्यवस्थाहरुको बारेमा प्रकाश पार्दै नायब महाप्रवन्धक लोकराज पनेरुले कृषि क्षेत्रको विकास र किसानको जिवनस्तर सुधारका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक सधै तयार रहेको बताए । उनले कृषि क्षेत्रको विकासमा किसानका आर्थिक समस्याहरुलाई समाधान गर्न बैंकले साथीको भूमिका निर्वाह गर्ने बताउँदै बैंकको चाहना उत्पादनमुलक क्षेत्रमा लगानी बढाई रोजगारीका अवसरहरु सृजना गर्ने रहेकोले आवश्यक सुझाव सल्लाह दिन आग्रह गरे ।

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *