व्यवसायिक कृषकलाई मल तथा दाना वितरण

इमानसिं राना
पाल्पा (रामपुर) मंसिर १९/कृषकहरुलाई व्यवसायिकता तर्फ आकर्षित गर्न रामपुर नगरपालिका वडा ६ ले मल तथा दाना वितरण गरेको छ । व्यवसायिक कृषकलाई अनुदान कार्यक्रम अन्तर्गत वडा कार्यालयले ३४ जना कृषकहरुलाई दुई हजार एक सय बराबरको रासायनिक मल तथा दाना वितरण गरेको हो । कार्यालयले बुधबार एक कार्यक्रम गरी विजयपुर कृषि सहकारी मार्फत तरकारी खेती गर्ने किसानलाई मल र अन्य पशुपालक कृषकलाई दाना वितरण गरेको छ ।
२४ जना कृषकलाई प्रति कृषक १ बोरो युरिया, १८ किलो डिएपी, ५ किलो पोटास वितरण गरेको थियो । अन्य पशुपालक, माछापालक कृषकलाई दाना र च्याउ उत्पादक कृषकलाई पराल वितरण गरिएको वडा कार्यालयले जनाएको छ । कृषि र पर्यटनलाई वडाको मुख्य आधारको रुपमा लिदै आएको वडा कार्यालयले एक लाख रुपैयाँ बराबरको बजेटबाट व्यवसायिक कृषकहरुलाई पुरस्कार स्वरुप मल र विउ वितरण गरेको वडा अध्यक्ष हुमनाथ न्यौपानेले बताए ।
मल तथा दान वितरण गर्दै रामपुर नगर कार्यपालिकाका सदस्य देवबहादुर दर्जीले कृषकलाई व्यवसाय तर्फ आकर्षित गर्न वडाले अपनाएको विधि निकै अनुकरणीय रहेको बताए । कार्यक्रममा नेकपा वडा ६ का संयोजक लेखनाथ रेग्मी, नेपाली कांग्रेस वडा ६ का उपसभापति ईश्वरीप्रसाद गैरे, राष्ट्रिय जनमोर्चाका रामप्रसाद गैरे, रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डे, समाजसेवी देवराज ढकाल, वालिङ टेलिभिजनका नारायण भुर्तेल लगाएतले वडाले कृषि क्षेत्रको प्रवद्र्धनका लागि गरेको कामको प्रशंसा गरे । कार्यक्रम वडा अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षता, वडा सदस्य लोक मायाँ कुमालको स्वागत, विजयपुर कृषि सहकारीका अध्यक्ष सुर्य प्रसाद रेग्मीको धन्यवाद र वडा सचिव बासुदेव ढकालको सञ्चालनमा भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *