वृद्धआश्रमका लागि पाँच लाख सहयोग

हाम्रा संवाददाता
पाल्पा, तानपा १० भुसलडाँडामा निर्माणाधिन वृद्ध सहारा आश्रमका लागि पाल्पा श्रीनगर समाज हङकङले पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
बिहीबार समाजका सल्लाहकार तानपा २ घर भई हङकङमा बस्दै आएका रुप थापाले आश्रमका अध्यक्ष विश्वमान बज्राचार्यले सहयोग रकम हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण गर्दैै थापाले यसअघि पनि आफ्नो संस्थाले सामाजिक कामहरु गर्दै आएको बताउँदै वृद्ध आश्रमका लागि सहयोग गर्न पाउदा खुशी लागेको बताए । आश्रमका अध्यक्ष विश्वमान बज्राचार्य, सचिव लोकप्रसाद ढकाल, संस्थापक सदस्य बुद्धिप्रसाद शर्माले आश्रमका लागि सहयोगी हातहरु बढ्दै गएकोमा खुशी व्यक्त गर्दै पाल्पा श्रीनगर समाज हङकङलाई धन्यवाद ज्ञापन गरे ।

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *