विप्लव निकट विद्यार्थी संगठनका कार्यकर्ता गुल्मीमा पक्राऊ

गुल्मी, असार ३१/विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनका कार्यकर्ताहरु पक्राउ परेका छन् । पार्टी निकट अनेरास्ववियु
(क्रान्तिकारी) का दुई विद्यार्थीहहरु जिल्ला सदरमुकाम तम्घासबाट पक्राउ परेका हुन् ।

प्रहरी प्रशासनकै अगाडि खुल्ला कार्यक्रम गरिरहेका बेला सोमबार प्रहरीले संगठनका जिल्ला सचिव विष्णु विक र जिल्ला सदस्य राज खड्कालाई पक्राउ गरी नियन्त्रणमा लिइएको जिल्ला सशस्त्र प्रहरी कार्यालयका प्रमुख तथा डिएसपी दिनेश रायमाझीले जानकारी दिए । विद्यार्थीहरुले तम्घासको महेन्द्र नमूना माध्यमिक विद्यालयमा ब्यानर सहित खुल्ला कार्यक्रम गरेका थिए । उनीहरुलाई कार्यक्रम स्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । सरकारले विप्लवका गतिविधि माथि प्रतिबन्ध लगाएपछि खुल्ला रुपमै कार्यक्रम गर्ने कार्यकर्ताहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए । उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको एसपी बस्नेतले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *