विप्लवको बन्दका कारण पाल्पाको जनजीवन प्रभावित

पाल्पा, फागुन ३०/ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दले पाल्पाको पनि जनजीवन प्रभावित बनेको छ । आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले आज गरेको नेपाल बन्द आह्वानले गर्दा पाल्पाको जनजीवन प्रभावित बनेको हो ।

बिहानै देखि जिल्लाको सदरमुकाम तानसेनबाट छुट्ने लामो तथा छोटा दुरीका यातायातका साधन, कल कारखाना, पसल,शैक्षिक संस्था पूर्णरुपमा बन्द भएका छन् । बन्दका कारण बाहिरबाट भ्रमणका लागि आएका पर्यटकहरु अलपत्र परेका छन् । जिल्लाको दोस्रो व्यापारिक केन्द्र रामपुरमा पनि बन्दको असर परेको छ ।

  • 147
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    147
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *