विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा वितरण

पाल्पा, कार्तिक२० / बगनासकाली गाउँपालिका ३ बालविकास प्राविमा अध्ययनरत बालबालिकाकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल र पाल्पा उद्योग वाणिज्य संघका उद्योेग उपाध्यक्ष कमल कृष्ण कार्कीले संयुक्त रुपमा विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेका हुन् ।

उनिहरुले विपन्न परिवारका बालबालिकाहरु चिसोका कारण विद्यालय अनुपस्थित हुने भएकाले उनीहरुलाई विद्यालय शिक्षामा नियमित गराउन व्यक्तिगत रुपमा सहयोग गरेको बताएका छन् । उनीहरुले ३१ जना बालबालिकाहरुलाई स्वईटर र टोपी वितरण गरेका हुन् । कपडा वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष बस्यालले गाउँपालिकाको विकासका र विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालय शिक्षामा समाहित गराउन आफुले व्यक्तिगत र गाउँपालिकाबाटै सहयोग गर्दै आएको बताए ।

उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष कार्कीले आफु सामाजिक कामका लागि प्रतिवद्ध रहेको बताए । कार्यक्रममा विद्यालयका अध्यक्ष जनकराज अर्यालको सभापतित्व कार्यक्रमको सञ्चालन शिक्षक टंक भट्टराईले गरेका थिए । बस्याल र कार्कीले जिल्लाको समाजिक कार्यमा महत्वपूर्ण योगदान दिदै आएका छन् । उनीहरुले केही दिन अघि तानसेन नगरपालिका कुन्सरेमा रहेका घरबारविहन बलबहादुर विकको परिवारलाई समेत खाद्यान्न र लत्ताकपडा वितरण गरेका थिए ।

  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *