विद्या–ओलीलाई तेर्सियो प्रश्न ? मदनका हत्यारा को ?

महेन्द्र पाण्डेय

नेपाली राजनीति पछिल्लो समयमा अचम्मले धु्रवीकृत भएको छ । दश वर्षे माओवादीको शब्दमा हुन् तर नेपाली जनताको नजरमा जनयुद्वबाट कुनै उपलब्धी प्राप्ती नभएपछि तत्कालिन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई आन्दोलनको कमाण्डर बनाई लोकतन्त्रको मात्र नभएर गणतन्त्रको समेत स्थापित गरिएको कुरा घाम जत्तिकै छर्लड्ड छ । २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनको सफलता पछि राजधानी लगायत देशका प्रमुख सहर हुँदै गाउँ वस्तीका प्रमुख भित्ताहरुमा गणतन्त्र नेपालका पहिलो राष्ट्रपति ‘प्रचण्ड’ भनेर लेखिएका भित्ते लेखन यदाकदा अझै देख्न पाइन्छ । चौतर्फी प्रचण्ड पहिलो राष्ट्रपति भन्ने भित्ते लेखन र प्रचण्ड प्रति तत्कालिन एमालेका प्रभावशाली भनिने हालका अध्यक्ष तथा प्रधानमन्त्री खड्क प्रसाद शर्मा ओलीले व्यङ्ग्य बाण छाड्दै भित्ते राष्ट्रपतिको उपाधी दिएका थिए । त्यति मात्र नभएर त्यस बेला यो पंक्तिकारले गणतन्त्र नेपालको पहिलो राष्ट्रपति प्रचण्ड भनिदैछ नि, तपाई के भन्नुहुन्छ भन्ने प्रश्नको जवाफमा हेर्नुस् चितवनका पुस्पकमल दाहाल ‘प्रचण्ड’ भएझै उनकी धर्मपत्नी सीता दाहालको नाम ‘राष्ट्र’ राखेपछि राष्ट्रका पति हालकै राष्ट्रपति भएनी होइन र ¤ भन्ने उट्पट्याङ उत्तर दिएका थिए । पहिलो संविधानसभामा ओलीकै बोलीलाई ठेगान लगाउन झापाबाट ओलीलाई पराजित गराएको माओवादीले दोश्रो संविधानसभा निर्वाचनमा समेत पराजय गराउन सक्दो प्रयास नगरेको होइन । केही महिना अघिसम्म हरेक राजनीतिक मञ्चमा एक अर्काको सत्तोसराप गर्ने प्रचण्ड र ओलीको पछिल्लो समयमा भने अचम्मको मितेरी जमेको छ । यो मितेरीले कतै भविष्यमा एमालेको झलनाथ खनाल, माधव नेपाल लगायतका नेताहरुलाई किनारा लगाएर प्रचण्ड नै एमाले नेता हुने हुनकी भन्ने भानपनि पर्न थालेको छ । ओलीलाई प्रधानमन्त्री बनाउने देखि विद्या भण्डारीलाई दोश्रो राष्ट्रपती बनाउँदा सम्मको प्रचण्डको गतिविधि हेर्दा उनी अब माओवादीका नभएर एमालेकै नेता जस्तै सक्रिय देखिन्थे । भित्ते राष्ट्रपतीको सक्रियतामा त्यही नामको न्वारन गरेका केपी ओलीको चाहनामा यतिखेर विद्या भण्डारी नेपालको दोश्रो तर पहिलो महिला राष्ट्रपती बनेकी छन् । मदन भण्डारीको रहस्यमय दासढड्डा जीप दुर्घटना पछि त्यसैलाई भ¥याङ बनाएर राजनीति गरेकी विद्या मुलुकको राष्ट्रप्रमुख भएकी छन् ।
मदन भण्डारीको हत्यारालाई आफूले चिनेको भन्ने ओली सरकार प्रमुख रहेका बेला अब एमालेका मात्र नभएर नेपाली जनताकै जननेताका रुपमा रहेका मदन भण्डारीको हत्यारा पत्ता लाग्छ वा लाग्दैन यो प्रश्न राष्ट्र र सरकार प्रमुख समक्ष खडा भएको छ । मदन भण्डारीको निधन पश्चात हत्याभन्दै आन्दोलित कार्यकर्ताले भाँचेका रेलिड्ड वर्तमान पुस्ताले नदेखेपनि विभिन्न फोटो पत्रकारका लाइबेरीमा सुरक्षित होलान्, वा हुनुपर्छ । एमालेका सच्चा कार्यकर्ताले अब पहिलो काम मदन भण्डारीको हत्याराको खोजिबाट सुरु गर्नुपर्छ भन्ने यो पंक्तिकारको भनाइ रहेको छ ।
वास्तवमा भन्ने हो भने २०७२ साल अचम्मको साल भएको छ । नेपाली कांग्रेसका सभापति शुसिल कोइरालाको नेतृत्वमा रहेको सरकारले यो सालको स्वागत गर्ने कार्यक्रम राख्दा राख्दै विनाशकारी भूकम्प गयो । यो बीचको ६ महिना त्यो सरकारलाई सत्ता चलाउन फलामको च्यूरा जस्तै भयो । विनाशकारी भूकम्प, चारचार वटा कम्युनिष्टका प्रधानमन्त्री बन्दा बनाउन नसकेको संविधानको निर्माण, मधेस आन्दोलन र भारतीय अघोषित नाकावन्दी यस्तै क्र्रियाकलापबाट पीडित कोइराला सरकार अन्तत विदाई भएको छ । कोइराला सरकारको विदाई हुनु अगाडि एमाले, माओवादी लगायत वर्तमान सत्ताधारीले गोहीको आँशु झार्दै भूकम्प पीडितको पक्षमा वकालत गरेको देखिन्थ्यो । शुसिल कोइरालाको वहिर्गमन पश्चात एमाले लगायत माओवादीका नेताहरु त्यो महाविनाशकारी भूकम्पबाट एकता भएको दलको मालालाई चुँडाएर कांग्रेसलाई खुच्चीड्ड गर्न पट्टीमात्र उदृत रहेको पाइएको छ ।
२०७२ सालको सुरुवात शुसिल कोइरालाहरुका लागि शुभकार्य नभए पनि वर्षको बीच भाग केपी ओलीका लागि वरदान भएको छ । जिन्दगीभर सत्तोसराप गर्ने प्रचण्ड आफ्नो मुद्दाका वरिपरि घुम्नु र आफू प्रधानमन्त्री भएपछि आफू निकट विद्या भण्डारीलाई राष्ट्रपति बनाउन सफल हुनु ओलीको राजनीति कविजय हो । आफ्नै पार्टीका वरिष्ठहरुलाई ‘चु’ सम्म बोल्न नदिएर राष्ट्रपतिमा विद्यालाई अघि सारेर विजयी बनाएपछि सबैभन्दा बढी खुशी ओली देखिन्थे भने प्रचण्ड पनि उनकै पछि पछि रहेको थिए । आफ्नै पार्टीकी उपाध्यक्ष राष्ट्रप्रमुख भएकोमा पत्रकारलाई खुशी लागेको प्रतिक्र्रिया दिएपनि वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र पूर्व सभामुख सुभाष नेम्बाड्डका ओठमा भने मलिन मुस्कान देखिन्थ्यो ।
नेपालको इतिहासमा महिला राष्ट्रपति भएको पहिलो घटना जसरी भएको छ प्रजातान्त्रिक मुलुकमा कम्युनिष्टबाट राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री, सभामुख भएको पनि नेपाल भएको छ । कम्युनिष्टहरुलाई साथदिने पनि त्यस्तै चरित्रका रहेका छन् । तिसवर्षे पंचायती व्यवस्थामा निर्दलीय व्यवस्थाको वकालतगर्ने वर्तमान कमल थापाको राप्रपा नेपाल र पशुपतीशमशेर राणा र लोकेन्द्रबहादुर चन्दले आफू नेता भनेर दावा गर्ने राप्रपा जस्ता पार्टी रहेका छन् । संघीयताको विरोध गरेर नथाक्ने चित्रबहादुर केसी लगायत नारायणमान बिजुक्छे जस्ता सैनीक शासनका पक्षपाती यो सरकार बनाउन लागि परे । राप्रपा नेपाल शुद्धिकरण महाअभियान काम मन्त्री एवं बौद्धिक व्यक्तित्व रामु राईको बोलीलाई सापटी लिएर यहाँ प्रस्तुती हुनु पर्दा हिन्दु धर्म र राजसंस्थाको नामबाट २५ सिट प्राप्त गरेका मुसाप्रवृत्तीका कमल थापाले अन्तत राजनीतिक विचार र सिद्धान्तलाई सत्तासँग साटेका छन् । राजाको हातबाट मात्र गोपनीयताको सपथ खाने र हिन्दुत्व प्राप्त नगरेसम्म आन्दोलनको मोर्चामा डटिरहने अभिव्यक्ति दिने कमल यतिखेर कायरको नाम बलबहादुर भएझै हिलोमा फूलेको होइन सत्ताको फोहरी, दुर्घन्धित ढलमा फूलेको कमल सावित
भएका छन् ।
प्रचण्ड जस्ता चतुर खेलाडी र कमल थापा जस्ता मौका पर्नासाथ दुलापार्ने मुसा प्रवृत्तीका व्यक्तिहरुले साथदिएर बनेको केपी नेतृत्वको सरकारले जसरी कांग्रेसलाई निषेधको राजनीति गरेको छ, यसले मुलुक अझ अन्धकारमयमा धकेलीने निश्चित प्रायः छ । हिजो सदनमा ताण्डव नृत्य गर्ने संसद्को मर्यादाको ख्याल नगरी कुर्सी फाल्ने र कपडा च्यात्ने जस्ता व्यक्तिहरु सम्मिलित यो सरकारका नेतृत्वकर्ता केपी ओलीको एउटा सपना पुरा भएको छ । त्यो विद्या भण्डारीको मान सम्मान । ओलीलाई पहिला देशसँग चिन्ता रहेछकी भन्ने लाग्थ्यो तर उनको गतिविधि र कार्यगति हेर्दा देश होइन ‘बेस’ बनाउनु परेको रहेछ । नेपाली जनताले ओलीबाट अरु होइन मात्र मदन भण्डारीको हत्यारालाई कानूनी दायरामा ल्याउने आशा गरेका छन् । त्यो राष्ट्रप्रमुख र सरकार प्रमुखको जिम्मेवारी लिएकाले पुरा गरुन् ।

(पायडेय घटना र विचारका प्रमुख संम्वाददाता हुन् ।)

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *