विद्यालयमा भोजभतेर नगर्न सरोकारवालाको आग्रह

कृष्ण पोखरेल
पाल्पा, मंसिर १९/बाल मन्दिर प्राथमिक विद्यालय दरवार परिसरमा विद्यालय समयमा भोज भतेर, विवाह वर्तवन्ध जस्ता कार्यक्रम सञ्चालन नगर्न जिल्लाका सरोकारवालाहरुले आग्रह गरेका छन् । बुधबार विद्यालय समयमा गुफा कार्यक्रमको लागि भोज पकाईरहेको अवस्थामा सरकारवालाहरुले विद्यालय प्रशासनलाई भोज भतेर सञ्चालन नगर्न अनुरोध गरेका हुन् ।
विद्यालय हो भने विद्यालय जस्तो गरी चलाउनु प¥यो, भोज भतेर चलाउँन हल भाडामा दिने हो भने विद्यालय बन्द गरी भोज भतेर सञ्चालन गरी आम्दानी गर्नु प¥यो शिक्षक अभिभावक संघका अध्यक्ष विशाल दर्लामीले भने । बालमन्दिर परिसरमा पाटी प्यालेस जस्तै भएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने सहितको टोलीले विद्यालय समयमा भोज भतेर नगर्ने निर्यण गरेको थियो । विद्यालय व्यस्थापन समिति, शिक्षक अभिभावक समितिको बैठकमा समेत विद्यालय सयममा भोज भतेर नगर्ने निर्यण विपरित क्रियाकलाप भएको शिक्षक अभिभावक संघका अध्यक्ष दर्लामीले बताए । विद्यालय विदाको समयमा मात्र हल भाडामा दिने निर्यण भएको उनले जानकारी दिए । विद्यालयकी प्रधानाध्यापक पार्वती पौडेले हल भाडा दिने विषयमा आफुसंग सरोकार नभएको सञ्चालक समितिले निर्यण गर्दै भाडा दिदै आएको बताईन् । विद्यालय सञ्चालक समितिका अध्यक्ष मिनबहादुर केसीले विद्यालय समय पछिको लागि मात्र कार्यक्रम बुकि· गरिएको बताए । विद्यालय समयमा पढाईमा बाधा नपरोस भनी गित बजाउन, नाचगान गर्न डेक स्पिकर बजाउन नदिएको अध्यक्ष केसीले जानकारी गराए । विद्यालयका ४ जना नीजि क्षेत्रका शिक्षक र २ जना कार्यालय सहयोगीको तलव हलभाडा मार्फत भुक्तानी गर्दै आएको केसीले बताए ।

  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *