वर्तमान सरकार बर्हिगमनका लागि आतुर : रेग्मी

जगदीश भट्टराई 

पाल्पा, २६ मंसिर : मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मीले, संविधान सभाको निर्वाचन गर्ने जिम्मेवारीलाई सरकारले अभूतपुर्व रुपमा सफल बनाएको भन्दै, अव जति सक्यो छिटो, वर्तमान सरकार वर्हिगमनका लागि आतुर भएको स्पष्ट पारे।

रेग्मीले भने,वर्तमान सरकारले पाएको जिम्मेवारी, संविधान सभाको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने काममा नेपाली जनता, कर्मचारी, सुरक्षा निकाय, संचारकर्मी, तथा मानवअधिकारवादी संस्था, राजनैतिकदलहरुले गरेको सहयोग अत्यान्तै अविश्मरणीय भएको प्रसंग औल्याउँदै, शान्तिपूर्ण वातावरणमा उत्साहपूर्ण सहभागिताका लागि धन्यावाद दिन्छु… मलाई आशा र विश्वास छ कि अब नेपालले नविनमार्ग पहिल्याउँने छ , नेपालमा संविधान सभाको दोस्रो निर्वाचन सफलतापुर्वक सम्पन्न हुना साथ नयाँ प्रहर शुरु भएको मैले महसुस गरेको छु…। अब संविधान सभाको पहिलो बैठक संगै, यो सरकारको आयु सकिने भएका कारण हामी, बर्हिगमनका लागि आतुर भएका हौ।
विश्व साक्षरता दिवसको अवसरमा नेपालमै पहिलो तानसननगरलाई पूर्ण साक्षर नगर घोषणा कार्यक्रमका प्रमुख अतिथि रेग्मीले, संविधान सभाको निर्वाचनको परिणाम्लाई लिएर, दलहरु बीच अब बन्ने सरकारको नेतृत्व र नयाँ बन्ने सरकारका बिषयमा छलफल भईरहेको प्रसंग औल्याउँदै, यी सबै कुराको सही समाधानका लागि दलहरु बीच आपसी समझदारी, सहमति र सहकार्य हुने कुरामा आफु बिश्वस्त रहेको पनि बताए। सोही अबसरमा रेग्मीले, तानसेन नगरपालिका भवनमा स्थापित गरिएको तानसेन पूर्ण साक्षरनगर भन्ने उल्लेख भएको ताम्रपत्रको समेत अनावरण गरेका थिए।
तानसेन नगर पालिकाका कार्यकारी अधिकृत निरन भट्टराईको सभापतित्वमा भएको घोषणा कार्यक्रमुका विशिष्ठ अतिथि शिक्षा, सूचना संचार तथा समान्य प्रशासन मन्त्री माधव पौड्यालले, नेपाललाई पूर्ण साक्षरता भएको मुलुकका रुपमा चिनाउँने लक्ष्यलाई पुरा गर्ने पहिलो खुड्किलो तानसेन नगरबाट शुरु भएकोमा खसी व्यक्त गर्दै, नेपालको शिक्षाको इतिहासमा एउटा नयाँ खम्बा थपिएको बताए।
शिक्षा मन्त्री पौड्यालले, नेपालमा अझै पनि तीस प्रतिसत जनता निरक्षक भएको तथ्य औल्याउँदै, यी सबैलाई सन २०१५ सम्ममा साक्षर बनाउँने लक्ष्य रहेको पनि जानकारी दिए। नेपालका सामुदायिक बिद्यालयहरुको शिक्षाको गुणस्तरवृद्धिका लागि भएका प्रयास बारे बताउँदै, अनिवार्य तथा निःशुल्क शिक्षामा सरकारले जोड दिदै जाने कार्यले दक्षिण एसियाली मुलुकहरुको दाजोमा नेपाललाई पनि लग्न सकिने, मन्त्री पौड्यालले जानकारी गराए। कार्यक्रममा पाल्पा जिल्लाका नवनिर्वाचित सभासद् हरि नेपाल, सोमप्रसाद पाण्डे, राधाकृष्ण कंडेलले, पाल्पा शिक्षाको क्षेत्रमा अग्रणी रहेको भन्ने प्रमाणलाई चरितार्थ गर्ने कामलाई यो घोषणा कोशे ढुंगा साबित हुने बताए। शिक्षा सचिव नाराणण मलेगो, अनौपचारिक शिक्षा केन्द्रका निर्देशक बावुराम पौड्याल, लगायतका बिशिष्ठ पाहुनाहरुले समेत बोलेका थिए। कार्यक्रममा जिल्ला शिक्षा अधिकारी प्रेमनाथ पौड्याल, शिक्षा कार्यालय पाल्पाका लेखा अधिकृत लीला अर्याल, नगरपालिकाका कार्यकारी अधिकृत निरन भट्टराई लगायतले वोलेका थिए। यो अवसरमा शिक्षा क्षेत्रको बिकासमा महत्वपुर्ण योगदान दिने महानुभावहरुलाई सम्मान गरिएको थियो।
तानसेन नगरपालिकाका कार्यकारी अधिकृत निरन भट्टराईले, मन्त्री परिषदका अध्यक्ष रेग्मी र शिक्षा मन्त्री पौड्याललाई पाल्पाली करुवाले सम्मान गरेका थिए। मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी र उहाँ संगै पाल्पा आएको टोलीले यहाँका देवी देवता र मठ मन्दिरको दर्शन पछि मात्र कार्यक्रममा सहभागिता जनाएको थियो।
रेग्मीले, राजधानीबाट आफ्नो गृह जिल्ला  पाल्पाका लागि हेलिकप्टरबाट उड्े पछि श्यागंजाको प्रशिद्ध आलमदेवी मन्दिरको दर्शन सकेर बिहान पौने दश बजे  पाल्पा  स्थित भैरवस्थान मन्दिर दर्शन गरे। उनको स्वागतका लागि जिल्ला सदरमुकाम तानसनेमा हजारौ विद्यार्थी तथा स्थानीय वासिन्दा, कर्मचारी, शिक्षक जम्मा भएका छन्। आजै साक्षरता दिवस समेत परेका कारण पनि कार्यक्रमको सार्न्दभिकता बढेको हो।
शिक्षा कार्यालय पाल्पालेे २०६८ साल देखी नगरपालिकालाई पूर्ण साक्षर बनाउने योजनाका साथ नगरभित्रका सबै घरधुरीको अनुगमन गरी ३ सय ६४ निरक्षर भेटिएको र उनीहरु लाई २०६९ र २०७० को आर्थिक वर्षमा अनौपचारीक शिक्षा मार्फत साक्षर बनाइएको बताए। तानसेन नगरपालिकामा जनगणना २०६८ अनुसार २९ हजार ९५ जनसंख्या भएको २०७० सम्म २९ हजार ९० साक्षर हँुदा ९९. ९८ प्रतिशत व्यक्तिहरु साक्षर भएको जिल्ला शिक्षा कार्यालय पाल्पाले जनाएको छ। यो नगरपालिकाका १५ बडामा १५ वर्ष देखी ६० वर्ष सम्म उमेरका व्यक्तिहरुलाई आधार मानेर शिक्षाको मापन हुँदै आएको थियो।

shachchar nagar udhaghatan p 3 palpa26

तस्वीर परिचय : १ पुर्ण साक्षर तानसेन नगर घोषणा कार्यक्रमको लागि पाल्पाको सद्मुकाम तानसेन आई सके पछि मन्च तर्फ जादै रेग्मी उद्घाटन गर्दै, मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी।
palpa jilaneyadhish 2, 26

तस्वीर परिचय : २ , पाल्पा अदालतका जिल्ला न्यायधीस, दयानाथ खरेल मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई पाल्पा आएको वेला मालाले स्वागत गर्दै।
palpa jilaneyadhish 2, 26

तस्वीर परिचय : ३ , पुर्ण साक्षर तानसेन नगर घोषणा कार्यक्रममा घोषणाको को पानसमा दीप प्रज्वोलन गरेर उद्घाटन गर्दै मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी।
shachchar naga ghosana ko parman p4

तस्वीर परिचय : ४, पुर्ण साक्षर तानसेन नगर घोषणा कार्यक्रमको प्रमाणपत्र तानसेन नगरपालिकाका कार्यकारी अधिकृत निरन भट्टराईलाई प्रदान गर्दै, मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी।
ghosana prog
तस्वीर परिचय : ५, पुर्ण साक्षर तानसेन नगर घोषणा कार्यक्रममा घोषणा सभामा उपाध्यक्ष रेग्मी,शिक्षा मन्त्री पौड्याल र शिक्षा सचिव मलेगो।

palpa audai regmi 26

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares