वडा स्तरीय भलिबलको उपाधी तनहुँलाई

इमानसिं राना
पाल्पा(रामपुर),
जेठ २९/ जिल्लाको रामपुरमा भएको वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी घिरिङ गाउँपालिका १ तनहुँले हात पारेको छ । कालिका युथ क्लव रामपुर ४ को प्रथम वार्षिक उत्सव तथा गंगादशहरा मेला २०७६ को अवसरमा भएको भलिबल खेल अन्तर्गत बुधबार भएको फाईनल खेलमा ज्याग्दी बजार युवा क्लव चापाकोट ८ दामाचौरलाई ३/१ सेटले पराजित गर्दै तनहुँले उपाधी हात पारेको हो ।
फाइनल खेलको पहिलो, तेस्रो र चौथो सेट घिरिङले जितेको थियो । दोस्रो सेट दामाचौरले हात पारेको थियो । यससंगै दामाचौर द्वितिय स्थानमा सिमित भएको छ । त्यस्तै तेस्रो स्थानको लागि भएको भम्बक युनाईटेड युथ क्लव रामपुर ५ र रामपुर ३ रजघरा बीच भएको खेलमा ३/१ सेटले रामपुर ३ विजयी भएको छ । खेलको पहिलो, दोस्रो र चौथो सेट रामपुर ३ ले र तेस्रो सेट रामपुर ५ ले हात पारेको थियो । यस संगै रामपुर ३ प्रतियोगितामा तृतीय हुन सफल भएको छ । पाल्पा, स्याङ्जा र तनहुँका १४ समूहको सहभागीता रहेको प्रतियोगितामा विजयी समूहले क्रमश नगद ३० हजार, २० हजार र १० हजार सहित प्रमाणपत्र हात पारेका छन् । यस्तै डबल्स व्यामिन्टन प्रतियोगितामा रामपुरका शंकरबहादुर खाँण र भानु शाहीको समूह विजेता र वुटबलका माधव गैरे र सुमन बुचाको समूह उपविजेता बनेका छन् । ३२ समूहको सहभागीता रहेको प्रतियोगितामा विजेता र उपविजेताले क्रमश नगद १५ हजार र ८ हजार सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *