वडा तहले थाल्यो बजार अनुगमन

कृष्ण पोखरेल
पाल्पा, पुस २२/तानसेन नगरपालिका वडा ४ का वडा अध्यक्ष राजेन्द्रमुनी शाक्य सहित १० जनाको टोली एका एक किराना पसल, होटल रेष्टुरेण्ट, खाद्यान्न, फेन्सी पसलमा पसे । एकछिन व्यापारीहरु सरसमान किन्न आएका ग्राहक सम्झी तपाइलार्ई के समान दिऊ, के खाजा टक्र्याउ, कति कप चिया हो भनी पसल धनीहरुले सोधे । वडा अध्यक्ष शाक्य सहितको टोलीले तपाईको पसलको सरसमान देखाउनुस्, हामी वडास्तरीय अनुगमनबाट गुणस्तरीय चेकजाँचको लागि आएको हो भने पछि व्यापारी तथा होटल व्यवसायीहरु आत्तिए । त्यसपछि मात्र तानसेन ४ मखनटोल, सिल्खानटोलका व्यापारीहरुले मागे अनुसारका सरसमान अनुगमन टोलीलाई दिए । तानसेन बजारमा दशंै, तिहारमा मात्र सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने बजार अनुगमन अहिले वडा तहबाटै शुरु भएको छ ।

जिल्लामा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना संगै पहिलो चरणमा तानसेन नगरपालिका वडा ४ मा वडास्तरीय अनुगमन टोली गठन गरी २ दिने तालिम सञ्चालन गरी वडा तहमा अनुगमनको अधिकार दिएपछि वडास्तरीय टोली बजार अनुगमनमा निस्किएको हो । वडास्तरीय अनुगमन टोलीले पहिलो पटक खाद्यान्न, किराना पसल, डिपाटमेन्टल स्टोर, होटल रेष्टुरेण्ट, दूध डेरीहरुको अनुगमन गरेको छ । टोलीले अनुगमनको समयमा, पसलमा मूल्य सूची नभएको, खाद्यान्नका सरसमान व्यवस्थित रुपमा नराखेको, होटल रेष्टुरेण्टका किचनमा सरसफाई नभएको, पसल दर्ता बिना सञ्चालन भएको जस्ता गतिविधी भेटाएको थियो ।

टोलीले पहिलो पटक जनचेतनामूलक तरिकाबाट अनुगमन गरेको र पुनः अर्काे हप्तामा अनुगमनका क्रममा जाँदा यस्तै भेटिए कानुन अनुसार कारवाहीको लागि सिफारिस गरिने वडा अध्यक्ष एवं वडास्तरीय अनुगमन समितिका संयोजक राजेन्दमुनी शाक्यले बताए । अनुगमन टोलीले आफ्नो वडा भित्रका खाद्यान्न, किराना, दूध, माछा, मासु, तरकारी, फलफूल, दैनिक उपभोग्य सरसमान, औषधी पसल, स्वास्थ्य सेवा, रासायनिक मल, विउ, विषादी, एग्रोभेट, कृषि औजार, ईन्धन, निर्माण सामग्री, शैक्षिक सामग्री, शैक्षिक संघ–संस्था, होटल, लज, रेष्टुरेण्ट, खाजा घर, चमेना गृह तथा, नापतौल, पशुपंक्षी बजार, सौन्दर्य सामग्री, विद्युतीय सरससमान, सुन पसल, गरगहना, सवारी साधन सुर्तिजन्य पदार्थको साथै व्यापारिक, सञ्चार, यातायात, खानेपानी र वित्तिय सेवाहरु लगायतका विषयवस्तु माथि अनुगमन गरी नियम विपरित भए कानुनी कारवाहीको लागि सिफारिस गर्ने अधिकार पाएको छ । स्थानीय तहका वडा वडा तहमा समिति गठन गरी, गुणस्तरीय सरसमानको खरिद विक्री गराउन, उपभोक्ता सचेत र जिम्मेवार बनाउन, नियम कानुनको पालना गर्न गराउन, यस किसिमको अभियान थालिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाका निमित्त डिभिजन प्रमुख नरेश श्रेष्ठले बताए ।

  • 79
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    79
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *