वडा कार्यालयद्धारा अनाथ विद्यार्थीहरुलाई शैक्षिक सामग्री

इमान सिं राना
पाल्पा(रामपुर),जेठ १०/
रामपुर नगरपालिका वडा ७ भित्र रहेका ४ विद्यालयका ६५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । अनाथ तथा असहाय विद्यार्थीलाई रामपुर नगरपालिका ७ ले सामग्री वितरण गरेको हो । वडा अन्तर्गत रहेका आधारभुत माध्यमिक विद्यालय, विजय प्राथमिक विद्यालय, संयुक्त प्राथमिक विद्यालय र अकला प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच सामाग्री वितरण गरिएको छ । विद्यार्थीहरुलाई सामाग्री वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले जन्मदिने अभिभावक गुमाएपनि समाजमा माया गर्ने धेरै अभिभावक रहेको बताउँदै अनाथ बालबालिकाहरुको अध्ययनलाई अझ सक्रिय भएर अघि बढाउन आग्रह गरे । साथै प्रमुख थापाले असहाय विद्यार्थीहरुलाई आफ्नो मनोवल सदा उच्च बनाउन अनुरोध गरे ।

कार्यक्रममा उनले साहाराविहिनहरुको साहारा बनेर नगरपालिका अघि बढ्ने बताए । कार्यक्रममा नेपाली कांग्रेस वडा कार्य समितिका सभापति दोवराज तिवारी, नेकपा वडा सचिव जयराज सुनार, आधारभुत माविका प्रधानाध्यापक रुपनाथ गौतम, सामुदायिक रेडियो रामपुरका बजार व्यवस्थापक शोभाकान्त पाठक, पत्रकार सुशीला रेग्मी, विजय प्राथमिक विद्यालयका सहायक प्रधानाध्यापक यमबहादुर क्षेत्री लगायतले वडाले अनाथ तथा असहाय बालबालिकालाई लक्षित गरेर सामग्री वितरण गरेकोमा धन्यवाद दिए । वडाले चार जना आमाबाबु गुमाएका विद्यार्थीहरुलाई झोला समेत वितरण गरेको वडाले जनाएको छ । कार्यक्रममा उद्देश्यमाथी वडा सदस्य कमलराज भट्टराईले प्रकाश पारेका थिए । रामपुर नगरपालिका ७ का वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनीको अध्यक्षता, वडा सदस्य दुर्गादेवी भण्डारीको स्वागत, वडा सचिव गिता पौडेलको सञ्चालनमा भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *