लेजेण्ड्स र प्लेयर्स पाल्पा टि २० च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश

पाल्पा, कार्तिक ९/ दमकडामा जारी पाल्पा टि २० च्याम्पियन्स लिग २०१८ को शुक्रबारको खेलमा पाल्पाली लेजेण्डस र पाल्पाली क्रिकेट प्लेयर्स विजयी भएका छन् । विजय संगै दुबै टिम सेमिफाईनलमा प्रवेश गरेका छन् । दमकडा क्रिकेट क्लब र पाल्पाली लेजेण्ड्स बिच भएको पहिलो खेलमा पाल्पाली लेजेण्ड्स ६ विकेटले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको दमकडा क्रिकेट क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन बनायो । दमकडाका माधाव न्यौपानेले १७ र सतिस परियारले १४ रन बनाए ।

लेजेण्ड्सका राजनमान शाक्यले ४ तथा निरज गाहा र सुरेश गोदारले समान २/२ विकेट लिए । १ सय ९ रनको लक्ष्य पछ्याउँदै पाल्पाली लेजेण्ड्सले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर विजयी लक्ष्य हासिल ग¥यो । लेजेण्ड्सका संजिव चित्रकारले २५ र तेजेन्द्र रानाले २४ रन बनाए । दमकडाका मोहन भुसालले ४ विकेट हात पारे । लेजेण्ड्सका राजनमान साक्य म्यान अफ दि म्याच घोषित भएका छन् । त्यस्तै शुक्रबार नै भएको दोश्रो खेलमा पाल्पाली क्रिकेट प्लेयर्सले लुहुङ एनबिआरलाई १ सय २२ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको पाल्पालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ को विशाल योगफल तयार पा¥यो । पाल्पालीका अमृतेश सिंहले ४३, श्रीधर भट्टराईले ३४ तथा बिपिन खाती र आशिष लोहनीले समान २६/२६ रन बनाए ।

लुहुङका सरन बिकले ४ र विशाल भण्डारीले २ विकेट लिए । २ सय ८ रनको लक्ष्य पछ्याउँदै लुहुङ एनबिआर १८ ओभरमा सबै विकेट गुमाएर ८५ रनमा समेटियो । लुहुङका नवीन बस्यालले ४४ र खगेन्द्र बिकले १० रन बनाए । पाल्पालीका रुपेश बस्यालले ५ र सन्दिप बस्यालले २ विकेट लिए । पाल्पालीका अमृतेश सिंह म्यान अफ दी म्याच घोषित भए । पाल्पाली लेजेण्ड्स र पाल्पाली क्रिकेट प्लेयर संगै एमआईबि सिक्स र पाल्पा क्रिकेट क्लब सेमिफाईनल प्रवेश गरिसकेका छन् । सेमिफाईनल खेल अन्र्तगत आजको पहिलो खेल पाल्पाली क्रिकेट प्लेयर्स र पाल्पा क्रिकेट क्लब तथा दोश्रो खेल एमआईबि सिक्स र पाल्पाली लेजेण्ड्स बिच हुनेछ ।

  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *