लघुउद्यम विकास कार्यक्रमको अनुगमन

पाल्पा, जेठ २/गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमको अनुगमन गरिएको छ । सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह नेपालको आयोजनामा कार्यक्रमको अनुगमन गरिएको हो । रम्भा गाउँपालिका २ फोक्सिङ्गकोट र माथागढी गाउँपालिका ३ कसेनीमा सञ्चालित कार्यक्रमहरुको अनुगमन गरिएको समूहले जनाएको छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख मिरा मरासिनी, समितिका सदस्य कमला थापा, योजना अधिकृत मणीराज पौडेल र संस्थाकी सचिव एञ्जिना खनालले उक्त क्षेत्रमा कार्यक्रमको अनुगमन गरेका थिए । लघु उद्यम विकास कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक सहयोगमा सञ्चालित हुँदै आएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *