रोहित दौडमा नेपाल प्रथम

अनिल खत्री
गुल्मी : जिल्ला खेलकुद विकास समितिको तर्फबाट प्रतिनिधित्व गरेका रोहित अधिकारी ५ हजार मिटर दौडमा नेपालमै पहिलो भएका छन् । साताँै क्षेत्रीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा पोखराबाट उत्कृष्ठ भई राष्ट्रिय प्रतियोगितासम्म पुगेका अधिकारीले पहिलो स्थान हासिल गरेका हुन् । उनले १५ सय मिटरदौडमा पनि तृतिय स्थान हासिल गरेका छन् ।
यस्तै ५ हजार मिटर दौडमा सातौ क्षेत्रीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा पोखराबाट पहिलो बनेकी बाँझकटेरीकी सीता सेनले राष्ट्रिय प्रतियोगितामा पाँचौ स्थान हासिल गरेको जिल्ला खेलकुद् विकास समितिका खेल प्रशिक्षक उमेश थापाले जानकारी दिए । असार २ र ३ गते पोखरामा सम्पन्न साताँै क्षेत्रीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिको टोली मार्चपासमा पश्मिाञ्चलमै उत्कृष्ठ भएको थियो ।
४० किलो समुहको कराँते प्रतियोगितामा रिसव पाण्डेयले क्षेत्रीय स्तरमा तृतीय स्थान हाँसिल गरेका थिए । ५२ किलो समुहको कराँते प्रतियोगितामा कृष्ण बलाल साथै छात्रा ४० किलो समुहको कराँते प्रतियोगितामा मनिषा दर्लामी र ५० किलो समुहको कराँतेमा पवित्रा ठकुरी तृतीय भएका छन् । काँटामा रिशव पाण्डेय द्वितिय भएका थिए ।
जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष कृष्ण भण्डारी, जिल्ला खेलकुद् विकास समितिका प्रमुख दिपक केशी, प्रशिक्षक उमेश थापा, कोच गिरी महाकिम, सागर थापा, त्रिभुवन उमाविका शिक्षक राम बहादुर बिष्ट लगायतको टोली पोखरा गएको थियो । एथ्लेटिक्स, भलिवल, तेक्वान्दो र कराँते लगाएतका खेलमा जिल्ला जिल्ला खेलकुद विकास समितिका खेलाडीहरुले सहभागिता जनाएका थिए ।

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *