रैनादेवी छहराको सिद्धेश्वरमा झाडापखलाका कारण ५५ जना भन्दा बढी बिरामी

पाल्पा,असार २७/जिल्लाको रैनादेवी छहरा १ सिद्धेश्वरको अर्चलेमा झाडापखालाका कारण एकै गाउँका ५५ जना भन्दा बढी बिरामी भएका छन् । स्थानीय मुहानको पानी उपभोग गरेका कारण विरामी परेका हुन् । गत २४ गतेदेखि सामन्य विरामी भए पनि शुक्रबार भने विरामी हुनेको संख्या बढी देखिए पछि जिल्ला अस्पतालका डा.गगन अधिकारीको नेतृत्वमा चिकित्सक सहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो । पखलाले महामारीको रुप लिन थाले पछि जिल्लाबाट गएको टोलीले अस्थाई शिविर सञ्चालन गरी विरामीहरुको उपचार गरिहेका छन् । विरामी परेका ११ जनालाई स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि मिसन अस्पताल पठाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक जीवन रानाले जानकारी दिए । विरामीहरुको अवस्था भने सामन्य रहेको अस्पतालले जनाएको छ । लगातारको झरीले गाउँमा पानी दुषित भएका कारण झाडापखला लागेको हुन सक्ने प्रारिम्भक अनुसन्धान रहेको स्वास्थ्य संयोजक रानाले बताए । झाडापखालाका कारण प्रभावितको संख्या ५५ रहेको वडा अध्यक्ष सोमबहादुर रानाले जानकारी दिएको संयोजक रानाले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •