रुद्रबेणी–वामीटक्सार सडक पुनःअवरुद्ध

जनार्दन घिमिरे
गुल्मी, : अविरल वर्षाका कारण पहिरो जाँदा आईतवार अपरान्हदेखि रुद्रबेणी–वामीटक्सार सडक खण्ड अवरुद्ध बनेको छ । रुद्रबेणी–वामीटक्सार सडक खण्डको हसरा गाविस अन्र्तगत बादरे भीर पहिरो जाँदा उक्त सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लामा सबैभन्दा बढी सवारी साधनहरु सञ्चालन हँुदै आएको उक्त सडक अवरुद्ध बनेपछि सयौं यात्रुहरु अलपत्र परेका छन् । सडक माथिबाट दिनभर पहिरो खसिरहेका कारण सडक सुचारु गर्न डोजर परिचालन गरिएको भएपनि माथिवाट पहिरो खसिरहेका कारण थप समस्या परेको तम्घास–सिमलटारी सडक आयोजनाका ईन्जिनियर चन्द्रेश्वर शाहले बताए । गत साता पनि उक्त स्थानका पहिरो जाँदा आठ दिनसम्म सडक अवरुद्ध बनेको उक्त सडक काली गण्डकी करिडोर सडक निर्माण कार्यदल हर्मिचौरका प्राविधिक ईन्जिनियर रेश्मीराज भट्टराईको नेतृत्वमा गएको नेपाली सेनाको सहयोगमा सडक सुचारु गरिएको थियो । सडक सुचारु भएको एकसातामै पून सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रका मानिसहरु थप समस्यामा परेका छन् । वर्षाका कारण जिल्लाका दुईदर्जन भन्दा बढी सडकहरुमा समेत यातायात सेवा पूर्ण रुपमा प्रभावित बनेको छ ।

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *