रिब्दीकोट गाउँपालिकाद्वारा अनुदानमा कृषकलाई कृषि समाग्री वितरण

पाल्पा, मंसिर १८/ रिब्दीकोट गाउँपालिकाले कृषकहरुलाई कृषि सामाग्रीहरु वितरण गरेको छ । गाउँपालिकाले कृषकहरुलाई कृषिबाटै आत्मानिर्भर बनाउने उद्देश्यले अनुदानस्वरुप कृषि सामाग्रीहरु वितरण गरेको हो । गाउँपालिकाले ८ वटै वडाका कृषकलाई एक कार्यक्रमका बीच कुटानी पिसानी मिल र खाडल खन्ने मेसिन वितरण गरेको छ । गाउँपालिकाको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा उक्त उपकरणहरु वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेलले जानकारी दिए । उनका अनुसार गाउँपालिका भित्र रहेका सहकारी मार्फ कृषकहरुलाई मेसिन उपलब्ध गराइएको हो । कृषकलाई अनुदानमा २० वटा कुटानी पिसानी मिल र ८ वटा खाडल खन्ने मेसिन वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए ।

कृषकहरुलाई कार्यापालिकाका सम्पूर्ण पदाधिकारीहरुले संयुक्त रुपमा कृषि समाग्रीहरु वितरण गरेका हुन् । वितरण कार्यक्रमा गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले कृषि उत्पादनमा वृद्धि गरी कृषकहरुलाई आत्मानिर्भर बनाउनुको साथै आर्थिक समृद्वि हासिल गर्न कृषकहरुलाई प्रोत्साहन मिल्ने बताए । आधुनिक सामग्रीले कृषकको समय बचत हुने र कम परिश्रममा धेरै उत्पादन गर्न सक्ने अध्यक्ष जिसीले विश्वास व्यक्त गरे । कुटानी पिसनी गर्ने प्रति मेसिन ३५ हजार मूल्य पर्ने र खाडल खन्ने प्रति मेसिनको मूल्य २३ हजार रहेको छ । कृषकले कुटानी पिसनी गर्ने प्रति मेसिनमा १७ हजार पाँच सय र खाडल खन्ने प्रति मेसिनमा ११ हजार पाँच सय लगानी गरेका छन् । कृषि समाग्री पाए पछि कृषकहरु खुसी भएका छन् । गाउँपालिकाले कृषि क्षेत्रबाट आर्थिक समृद्वि हासिल गर्न आर्थिक वर्षका लागि कृषि क्षेत्रमा ५० लाख बजेट
विनियोजन गरेको छ ।

  • 134
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    134
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *