रिब्दीकोट गाउँपालिकाको भवनमा बम विस्फोट (हेर्नुहोस् फोटो सहित )

पाल्पा, वैशाख ५ /जिल्लाको रिब्दीकोट गाउँपालिकामा सुतली बम विस्फोट भएको छ । विहिबार विहान २ बजेको समयमा गाउँपालिका ३ खस्यौलीमा रहेको गाउँपालिकाको भवनमा बम बिस्फोट भएको हो । बम बिस्फोट हुँदा गाउँपालिका परिसरमा सेवाग्राहीलाई बस्नको लागि बनाइएको ट्रसको छानो, कार्यालयका झ्याल, ढोकाका सिसा र कम्प्युटरमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष नारायण जिसीले जानकारी दिए ।
बम कसले र किन पड्काएको हो भन्ने विषयमा भने जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गाउँपालिकामा बम विष्फोट भएपछि स्थानीय त्रसित भएका छन् । आज विप्लव समूहको नेकपाले नेपाल बन्द गरेकाले पनि विप्लव समूहले आतंकीत पार्न बम विष्फोट गराएको हुन सक्ने आंशक गरिएको छ । यद्यपी यस विषयमा थप विवरण भने आउन बाँकि छ । बम तानसेनबाट गएको नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

  • 170
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    170
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *