रिब्दीकोट गाउँपालिकको दोस्रो गाउँसभा

शिक्षा, स्वास्थ्य र सहकारी विधेयक पारित

कृष्ण पोखरेल
पाल्पा, रिब्दीकोट गाउँपालिकाले ३ वटा विधेयक पारित गर्दै हालसम्म भएका काम तथा गतिविधी सार्वजनिक गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाले शिक्षा, स्वास्थ्य र सहकारी विधेयक पारित गरेको हो । पालिकाले हालसम्म भएका भौतिक कामहरु सार्वजनिक गरेको छ । पालिकाले सुत्केरी ७४ जना आमाहरुलाई महिला स्वयसेवी मार्फत १५ दिनमा पोषण खानाको लागि १ हजार ५ सय रुपैयाका दरले सहयोग गरेको छ । प्रत्येक वडा तथा टोल–टोलमा विद्युत सेवा पुयाउने योजनाका साथ ९७ लाख ६० हजार रुपैयामा विद्युत प्राधिकरणसंग सम्झौता गरी काम अगाडि बढेको गाउँपालिकाले जनाएको छ ।
गरीव तथा अल्पसंख्यक ५५ परिवारमा स्वास्थ्य विमा गराएको, सहकारी तथा वन उपभोक्ता महासंघसँग मिलेर विकास निर्माणका काम शुरु गरेको पालिकाले जानकारी गराएको छ । गाउँमा कृषिलाई यान्त्रीकरणको लागि १९ लाख ५५ हजार रुपैयाँ विनियोजन गरेको, एक घर एक धारा सञ्चालनको लागि ११ वटा ठूला लिफ्ट खानेपानी योजनाको लागि प्रतिवेदन तयार गरेको गाउँपालिकाले जनाएको छ । गाडी नपुगेको स्थान ख्याहाको जोगिथुम र फेकको जोगेथानमा मोटरबाटो पु¥याएको, कुसुमखोला वडालाई खरको छानामुक्त वडा घोषणा गरिएको, गाउँपालिकास्तरीय रिङरोड निर्माणको लागि अभियान शुरु गरिएको, गाउँपालिका भित्रका १ सय २३ जना क्यान्सर, मुटु मृगौला रोग लागेका व्यक्तिहरुलाई सहयोग प्रदान गरेको गाउँपालिकाले जनाएको छ । सार्वजनिक कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले मानविय श्रोत परिचालन र चुहावट नियन्त्रण र कर्मचारी जनप्रतिनिधी बिचको मेलमिलापमा रिब्दीकोट गाउँपालिका नमूना रहेको दावी गरे । रैनादेवी छहरा १ मा उत्पादन भएको खानीजन्य उत्पादन ओसार पसारको क्रममा मापदण्ड विपरित धुवानी हुँदा, धुलो प्रदुषण, ओभरलोड, तिव्र गतिको कारण बाटोका बस्तीहरुमा समस्या भएकाले सम्बन्धित कम्पनीबाट समाधान नभए सोको जिम्मेवार स्वयं सिमेन्ट कम्पनी हुनुपर्ने निणर्य गाउँपालिकाले गरेको छ । गाउँपालिकाले हालसम्म चालु खर्च अन्तर्गत ५४ प्रतिशत र पँुजिगततर्फ २९ प्रतिशत गरी ४४ प्रतिशत खर्च गरेको जनाएको छ । गाउँपालिकाले वडागत रुपमा विभाजन गरेको ८० लाख मध्ये ७८ प्रतिशत रकम खर्च गरेको छ । गाउँपालिकाले चालुतर्फ १८ करोड ८१ लाख ७५ हजार रकम विनियोजन गरेकोमा हाल सम्म १० करोड ८ लाख २५ हजार ६ सय ९० रुपैयाँ खर्च भएको र पुँजिगततर्फ ११ करोड ८७ लाख १७ हजार ७ सय ६६ रुपैया विनियोजन गरेकोमा ३ करोड ४३ लाख ६९ हजार ८ सय ५५ रुपैया खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताए । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले अहिलेसम्म १० वटा उजुरी न्यायिक समितीमा आएको र अधिकाशं उजुरीको समस्या पहिचान गरी समाधान भएको बताईन । गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद खनालले भैरवस्थान मन्दिरको बढ्दो भक्तजनहरुलाई मध्येनजर गरी पार्कि· व्यवस्था मिलाएको, रिब्दीकोट डाँडामा मौसम मापनयन्त्र राडर जडानको काम शुरु भएको, वडा वडाबाट जेष्ठ नागरिक परिचयपत्र वितरण शुरु गरिएको बताए । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले गाउँपालिकाले आम्दानी खर्चमा पारदर्शी अपनाएको, चुहावट नियन्त्रण विशेष अभियान शुरु गरेको, रिब्दीकोट जलाधर क्षेत्र घोषणा गरी पानी र खानीको विषयमा विशेष अभियान सञ्चालन गर्नुपर्ने, टिप्पर व्यवस्थापनको लागि गाउँपालिकाबाटै कार्यविधी बनाएर काम गर्नुपर्ने बताए । कार्यक्रममा पत्रकारहरुले राखेका विभिन्न जिज्ञासाहरुको अध्यक्ष नारायणबहादुर जिसी र प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेलले जवाफ दिएका थिए । गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मी खनालको स्वागत र सञ्चालन गाउँपालिकाका आर्युवेदिक संयोजक प्रकाश ज्ञवालीले गरेका थिए ।

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *