रिब्दीकोटमा समुदायमै स्वस्थ्य बच्चा प्रतिस्पर्धा

पाल्पा, असार ९/नेपाल रेडक्रस शोसाइटी पाल्पा जिल्ला शाखाद्वारा सञ्चालित समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार कार्यक्रम अन्तर्गत रिब्दीकोट ८ फेकको समुदायमै स्वस्थ्य बच्चाहरुको प्रतिस्पर्धा भएको छ ।
प्रतिस्पर्धामा १ सय १७ जना बच्चाहरुले भाग लिएका थिए । प्रतिस्पर्धा तीन तहमा विभाजन गरिएको थियो । जन्मदेखि ६ महिना, ६ महिनादेखि २ वर्ष र २ वर्षदेखि ५ वर्षसम्मको उमेर समूहमा विभाजन गरी प्रतियोगिता गरिएको थियो । तीन वटै उमेर समुहका बालबालिकाहरुबाट जन्मदेखि ६ महिना प्रेमबहादुर हिस्की, ६ महिनादेखि २ वर्ष दिव्या बगाले र २ वर्षदेखि ५ वर्ष रोमन बगालेले प्रथम स्थान हासिल गरेका थिए । उनीहरुलाई नेपाल रेडक्रस शोसाइटी पाल्पा जिल्ला शाखाका वरिष्ठ कार्यकारी अधिकृत बाबुराम कार्की र फेक स्वास्थ्य चौकी प्रमुख रोशन शाहले पुरस्कार वितरण गरेका थिए । सहभागी सम्पूर्ण बालबालिकालाई खेलौनाहरु प्रदान गरिएको थियो । जुन प्रतियोगितामा १ जना बच्चालाई कुपोषण भएको देखिएको थियो उपचारको लागि लुम्बिनी अञ्चल अस्पतालमा सिफारिस गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •